काठमाडौँ, भदौ १४ गते । रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले भदौ १४ गते बिहान ७ बजेसम्म दुई हजार ६९७ जनाको उद्धार गरेको छ । नेपाली सेनाका अनुसार टिमुरे, स्याफ्रुबेँसी, धुन्चे तथा मैलुङ क्षेत्रबाट नेपाली सेनाका हवाई साधनमार्फत विदेशी नागरिक २१६ जनासहित दुई हजार ४९७ जनाको हवाई उद्धार गरिएको छ । उद्धार […]
काठमाडौँ, भदौ १४ गते । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी कर्तव्य पालनाका क्रममा मृत्यु भएका प्रहरी सहायक निरीक्षक (प्रसनि) रामहरि खड्काप्रति पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गरिएको छ । टिमुरे, रसुवामा कार्यरत खड्काको पार्थिव शरीरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरसहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । भोटेकोशी नदीमा […]
बर्दिबास, भदौ १४ गते । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रत्यक्ष असर पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति आयोजना (दोस्रो खण्ड) मा परेको छ । आयोजनामा कार्यरत करिब ४० प्रतिशत प्राविधिक कर्मचारी तथा मजदुरका परिवार बाढीबाट प्रभावित भएपछि कमला–बडहरी–फूलजोर–बागमती (७४.७५ किलोमिटर) पूर्वी खण्डको निर्माण कार्य सुस्त बनेको छ । आयोजनाको ठेकेदार कम्पनी ‘स्वेग–आरसीसी जेभी’का प्रोजेक्ट म्यानेजर सुबोध रिसालका […]
रसुवा, भदौ १४ गते । भोटेकोशी नदीमा आइतबार बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । यसअघि भदौ १० गतेको अकल्पनीय बाढीले आतङ्कित रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रका बासिन्दामा पुनः आएको बाढीबाट थप डरत्रास थपिएको गोसाइँकुण्ड गाविसका प्रमुख कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो । ठुलो आवाजसहित बिहान करिब ३ः३० बजेतिर […]
काठमाडौं, भदौ १३गते। रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बुढानीलकण्ठ नगरपालिकाले ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने भएको छ। नगर कार्यपालिकाको ९३औँ आकस्मिक बैठकले जनप्रतिनिधि, कर्मचारी तथा विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। भदौ १० […]
काठमाडौँ, भदौ १३ गते । अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले शनिबार भिक्टोरिया सिए–११ विरुद्ध खेल्दै छ । डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने यी दुई टोलीबिचको खेल अपराह्न १ः१५ बजे सुरु हुनेछ । सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा छ । नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा […]
धनगढी, भदौ १३ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितको सहयोगका लागि सुदूरपश्चिम प्रदेश सरकारले दुई करोड रुपियाँ सहयोग गर्ने भएको छ । शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिनुभयो । आर्थिक […]
सल्यान, भदौ १३ गते । भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सल्यानका तीन स्थानीय तहले आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । कुमाख गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी दुई लाख ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसै गरी त्रिवेणी गाउँपालिकाले राहतका लागि एक लाख ५० हजार रुपियाँ […]
काठमाडौँ, भदौ १३ गते । भोटेकोशी बाढीका कारण अवरुद्ध मुग्लिङ–काठमाडौँ सडकखण्ड शनिबार बिहानदेखि सञ्चालनमा आएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार गत बुधबार भोटेकोशी नदीमा आएको बाढीपछि अवरुद्ध उक्त सडकखण्डमा आज बिहान ६ बजेदेखि सवारीसाधनलाई गन्तव्यतर्फ जान दिइएको हो। बाढी तथा पहिरोका कारण जोखिम बढेपछि विभिन्न स्थानमा सवारीसाधन रोकिएका थिए। सडकको अवस्था र जोखिम मूल्याङ्कनपछि बिहान […]
नारायणगढ, भदौ १२ गते । भोटेकोशी नदीमा बुधवार आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग शुक्रवार पनि सञ्चालनमा आउन सकेन । त्रिशूली नदीमा बढेको पानीको बहावले राजमार्गमा लेदो जम्दा अहिले यातायात सञ्चालनमा समस्या परेको हो । पृथ्वी राजमार्गअन्तर्गत नौविसे–मुग्लिन सडक आयोजनाका इन्जिनियर राजिव मानन्धरका अनुसार धादिङको गलौंदीमा करिब दुईसय मिटर, […]