alliance khabar

बिहिबार, आश्विन २२, २०८३

तुलसीपुर, असोज २२ गते ।

दाङको टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तार हुने भएपछि विमानस्थल पुनः नियमित सञ्चालनमा आउने आशा पलाएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमा धावनमार्ग विस्तारका लागि २५ करोड रुपियाँ विनियोजन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसहितको प्राविधिक टोलीले बुधबार विमानस्थलको निरीक्षण गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समितिले आयोजना गरेको ‘समग्र दाङको विकासमा टरीगाउँ विमानस्थलको महìव’ विषयक खुला छलफलमा मन्त्री पौडेलले दुई वर्षभित्र धावनमार्ग विस्तार गरी विमानस्थललाई नियमित सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँका अनुसार हालको धावनमार्ग विस्तार गरी करिब एक हजार पाँच सय मिटर पु¥याउने योजना छ । उहाँले धावनमार्ग विस्तारका लागि विनियोजित रकम पर्याप्त नभए पनि प्रारम्भिक चरणमा मैदान सम्याउनेलगायतका काम अघि बढाउन सकिने बताउनुभयो ।

मन्त्री पौडेलले टरीगाउँ विमानस्थल सञ्चालनले दाङको पर्यटन प्रवर्धनसँगै लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाको आवागमन सहज हुने बताउनुभयो । दाङ आदिम सभ्यता, संस्कृत विश्वविद्यालय तथा सरयु सभ्यतासँग जोडिएको क्षेत्र भएकाले विमानस्थलको स्तरोन्नतिले सांस्कृतिक पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।

उहाँले नेपालगन्ज र भैरहवा विमानस्थलमा मौसम प्रतिकूल भएका बेला ठुला जहाज अवतरण गर्न नसक्ने अवस्थामा टरीगाउँलाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न सकिने बताउनुभयो । उहाँका अनुसार करिब ७२ सिट क्षमताका जहाज सञ्चालन गर्न मिल्ने गरी विमानस्थलको पूर्वाधार विकास गर्न सकिने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं दाङ क्षेत्र नं. २ का सांसद विपिनकुमार आचार्यले टरीगाउँ विमानस्थल लुम्बिनी र कर्णाली प्रदेशका करिब १८ लाख नागरिकको आवागमन तथा जनजीविकासँग जोडिएको बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनसँगै सल्यान, रुकुम, रोल्पा र सुर्खेतसँग जोडिने सडक पूर्वाधारको विकासमा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

दाङ क्षेत्र नं. ३ का सांसद कमल सुवेदीले प्रदेश राजधानी दाङ भएकाले टरीगाउँ विमानस्थल सञ्चालन अपरिहार्य रहेको बताउनुभयो । स्वास्थ्य, शिक्षा तथा पर्यटनको विकासका लागि नियमित हवाईसेवा आवश्यक रहेको उहाँको भनाइ थियो ।

टरीगाउँ विमानस्थलमा २०१६ सालदेखि २०४२ सालसम्म नियमित उडान हुँदै आएको थियो । त्यसपछि लामो समय सेवा अवरुद्ध भएको विमानस्थलमा २०८० सालमा सीता एयरले पुनः सेवा सुरु गरेको थियो तर एक वर्ष नपुग्दै सेवा बन्द भएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले विमानस्थल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल विमानस्थलको नाममा करिब ३० बिघा जग्गा रहेको छ ।

उपप्रमुख चौधरीले धावनमार्ग विस्तारका लागि विमानस्थलसँगै रहेको कपास विकास समितिको करिब चार बिघा जग्गा उपयोग गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो । उक्त जग्गा उपयोग गर्न सकिए धावनमार्ग विस्तारको काम अघि बढाउन सहज हुने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ