सिरहा, असार १६ गते । सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र सिरहाका अनुसार चालु वर्षमा आँप उत्पादन ५९ हजार ८६६.५ मेट्रिक टनमा सीमित भएको छ । गत वर्ष ९९ हजार दुई सय ३५ मेट्रिक टन उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा झण्डै ४० प्रतिशत कमी रहेको केन्द्रले […]
कल्याणपुर (सप्तरी), असार १६ गते । सुन्दर सपना र घरपरिवार पाल्ने जिम्मेवारी बोकेर वैदेशिक रोजगारका लागि गएका २४ जना युवा सम्झनामा सिमित भएका छन् । देशमा रोजगारीको अवसर नपाएर घरको आर्थिक अभाव टार्ने विकल्पको रुपमा विदेशिएका सप्तरीका २४ जना युवा अब सम्झनामा मात्रै रहेका हुन् । वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका उनीहरुमध्ये कोही बासकमा […]
कल्याणपुर (सप्तरी), असार १६ गते । सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँएर सडकमा लडेका एक मोटरसाइकल चालकको ट्रकले किच्दा मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका– ७ स्थित पूर्व पश्चिम राजमार्गअन्तर्गतको विसनपुर चौक नजिकै आइतबार दुर्घटनामा सोही पालिकाको वडा नम्बर ९ घर भएका ४५ वर्षीय दिपेन्द्र विश्कर्माको ट्रकले किन्दा मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ […]
काठमाडौँ, असार १६ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा बर्चस्व बढाउन सकिने छ । तपाइले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामाजिक उत्तरदायित्व हासिल […]
बेइजिङ, असार १५ गते। चीनको राजधानी बेइजिङमा आयोजित ट्रेड फेस्टको कार्यक्रमका अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्दै नेपालमा ऊर्जा क्षेत्रमा लगानीका लागि आह्वान गर्नुभएको छ। भेटघाटका क्रममा सम्बोधन गर्दै मन्त्री खड्काले नेपाललाई जलस्रोतको धनी देशका रूपमा प्रस्तुत गर्दै ऊर्जा उत्पादन तथा निर्यात सरकारको मुख्य प्राथमिकता भएको स्पष्ट […]
बागलुङ (गलकोट), असार १५ गते । प्रतिनिधि सभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा कंडेलको आइतबार बिहान निधन भएको छ । चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाने तयारी गर्दैगर्दा उहाँको निधन भएको परिवारका सदस्यले बताउनुभयो । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ मा नेपाली कांग्रेसको तर्फबाट विजयी कंडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र […]
खोटाङ, असार १५ गते । पानीको बहाव बढेर वारपार गर्न समस्या भएपछि लोचा खोलामा श्रमदानबाट काठे पुल निर्माण गरिएको छ । खोटाङको रावाबेँसी गाउँपालिका –६ हौँचुर र वडा नं. १ कुभिण्डे जोड्ने लोचा खोलामा श्रमदानबाट अस्थायी काठे पुल निर्माण गरिएको हो । बर्खा लागेसँगै हौँचुर खोला अर्थात् लोचा खोलामा पानीको बहाव बढेपछि मोटरसाइकल वारपार गराउन […]
काठमाडौँ, असार १५ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल अस्पतालमा भर्ना हुनुभएको छ। ज्वरो आएपछि उहाँलाई शनिबार राति वीर अस्पतालमा भर्ना गरिएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उहाँको वीर अस्पतालको भीआईपी क्याबिनमा उपचार भइरहेको छ। उहाँलाई लामो समयदेखि रुघाखोकी र ज्वरो आउनुका साथै स्वास्थ्यमा कमजोरी देखिएपछि केही दिन घरमै आराम गरेपछि काममा फर्कनुभएको थियो। […]
काठमाडाैँ, असार १५ गते । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले बालविकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बनाउन सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै उहाँले यस्तो प्रस्ताव राख्नुभएको हो । उहाँले बालविकास सहजकर्ताको योग्यतालाई उनीहरूको वृत्ति विकाससँग जोड्न […]