alliance khabar

सोमबार, भाद्र १६, २०८२

टोकियो, भदौ १६ गते । 

जापानमा भालुको आक्रमण बढेपछि सरकारले सिकारीलाई सम्भावित क्षेत्रमा राइफल तथा बन्दुक प्रयोग गर्न सजिलो हुने गरी हात हतियार सम्बन्धी नियम सहज बनाएको छ । घट्दो मानव जनसङ्ख्या तथा जलवायु परिवर्तन लगायतका कारण भालुको बास स्थानमा परेको प्रभावका कारण जापानको आवासीय क्षेत्रमा धेरै जङ्गली भालु देखिने गरेकोे छ ।

यस वर्षको अप्रिलदेखि जापानमा भालुको आक्रमणबाट चार जनाको मृत्यु भएको तथा अगस्टमा होक्काइदोमा दर्जनौँ घाइते भएको जनाइएको छ । उत्तरी सहर किताकितामा रहेको अपाङ्गता संरक्षण केन्द्रमा जुलाईमा भालुले आक्रमण गरेपछि एक जना महिलालाई बेहोस अवस्थामा उद्धार गरिएको थियो । जुनमा एउटा भालु क्षेत्रीय विमानस्थलको धावन मार्गमा घुम्दै गरेको देखिएको थियो ।

कडा हतियार नियन्त्रण प्रणाली अबलम्वन गरेको जापानले भालुको आक्रमण आत्मरक्षाको लागि  सिकारीलाई राइफल र बन्दुककको प्रयोगलाई प्रहरीको स्वीकृतिपछि अनुमति दिइएको छ । सोमबारदेखि अधिकारीले बासिन्दाको सुरक्षा सुनिश्चितासँगै आपतकालीन अवस्थामा सिकारीलाई राइफल प्रयोग गर्ने अधिकार दिन सक्ने जनाइएको छ ।

सन् २०२५ मार्चसम्म जापानमा ८५ जना मानिसलाई भालुले आक्रमण गरेका थियो जसमध्ये तीन जनाको मृत्यु भएको थियो । उक्त अवधिमा पाँच हजार १३६ भालु मारिएका थिए । मारिएका भालुको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा नौ हजार रहेको थियो । ग्रामीण जनसङ्ख्याको ह्रास र मौसम परिवर्तनले भालुको खाना र बसोबासलाई असर गर्दा धेरै जनावर सहर नजिक जान बाध्य भइरहेको विज्ञले जनाएका छन् ।

जापानको घट्दो जनसङ्याका कारण बाँझो जग्गामा भएको वृद्धिले पनि जङ्गली क्षेत्र बढि रहेको जनाइएको छ । अधिकांश वृद्ध जनसङ्ख्याको अवस्था भएका कारण सिकारीको सङ्ख्यामान कमी आएको र भालुको जनसङ्ख्यामा वृद्धि भएका कारण आक्रमण बढेको जनाइएको छ । पछिल्लो समयमा टोकियो क्षेत्रमा पनि धेरै भालु दखा परेको रिपोर्ट गरिएको छ ।

गत महिना, सहरी क्षेत्रमा रहेको नदीमा माछा मार्दा एकजना व्यक्तिलाई भालुले आक्रमण गरेको बताइएको छ । सरकारी सञ्चार माध्याम एनएचकेका अनुसार यस वर्ष जापानमा प्राथमिक, माध्यमिक वा उच्च विद्यालयभित्र वा नजिकै कम्तीमा ३९ वटा भालु देखिएका छन् । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल