कृषिमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं, असार १७ गते ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औँ महासभाअन्तर्गत आज आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उहाँले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ठ उत्पादनहरुमार्फत् विश्व […]

दुई जिल्लाको विवादित शोलेको समस्या समाधान

म्याग्दी, असार १७ गते । म्याग्दीको मालिका गाउँपालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमाना पर्ने शोले डाँडाको विषयमा भएको विवाद समाधान भएको छ  ।  बेनीमा  सोमबार बसेको दुवै जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा समिति प्रमुखहरुको संयुक्त बैठकले समाधान निकालेको हो । यस अघि असार ५ गते बसेको बैठकले नापी विभागको राय लिएर पुनः बैठक बसी समाधान खोज्ने निचोड […]

गाडीको स्वरूप बदलेर जङ्गल सफारी

नारायणगढ, असार १७ गते । चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा स्वरूप परिवर्तन गरेर जङ्गल सफारीमा प्रयोगमा आइरहेका सवारीसाधनलाई निकुञ्जले रोक्न सकेको छैन । गत वर्षदेखि नै यस्तो कार्य रोक्ने भनिए पनि ठोस पहल हुन सकेको छैन । गत माघमा ट्राफिक प्रहरीले एउटा गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाही गरेपछि […]

चलचित्र आमाको पोस्टर हुलाक टिकटमा

काठमाडौँ, असार १७ गते ।  चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवमा सोमबार आयोजित कार्यक्रममा नेपालको पहिलो चलचित्र ‘आमा’ को पोस्टर हुलाक टिकटमा अङ्कित गरिएको छ । विसं २०२१ असोजमा प्रदर्शन भएको आमाको निर्देशन हिरासिंह खत्रीले गर्नुभएको थियो । चलचित्रमा शिवशङ्कर खत्री र भुवन चन्दको मुख्य भूमिका निर्वाह रहेको थियो । यस चलचित्रबाट नेपाली चलचित्र उद्योगको सुरुवात भएको मानिन्छ । […]

ओरालो लाग्दै सुनको मूल्य

काठमाडौँ, असार १७ गते । तोलामा दुई लाख रुपियाँ नजिक पुगेको सुनको मूल्य क्रमिक रूपमा घट्न थालेको छ । पछिल्लो दुई सातामा सुनको मूल्य तोलामा साढे नौ हजार रुपियाँले घटेको छ । निरन्तर बढ्दै गएको सुनको मूल्य इजरायल र इरानबिच भएको युद्ध रोकिएसँगै घट्न थालेको हो । युद्धविराम रोकिएसँगै बजार स्थिर हुँदा लगानीकर्ताले सुन बेच्न […]

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, असार १७ गते ।  नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ९२ पैसा र बिक्रीदर १३७ रुपियाँ ५२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ५९ पैसा र बिक्रीदर १६१ रुपियाँ २९ पैसा, युके पाउण्ड […]

अाजकाे माैसम यस्ताे रहने

काठमाडौं ,असार १७ गते । मंगलबार देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। […]

२०८२ असार १७ गते – 01, July, 2025, मंगलवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । साथै आर्थिक संकट पनि होला, विचार पुर्याउनु भए बेश होला । अनावश्यक रुपमा कसैसँग झै झगडा हुन सक्छ । साथै यात्रामा पनि सावधान रहनु होला । लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढ्ने छन् । ब्यापारमा पनि घाटा […]

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै : पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने

काठमाडौँ  असार १६ गते । पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी एवम् पूर्वपधाधिकारी बैठकले आजदेखि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकको ‘एजेण्डा’ तय गरिसकेको छ । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बैठकमा […]

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

फुङ्लिङ,  असार १६ गते । ताप्लेजुङमा कार्यरत १३  शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक सङ्घ प्रतिनिधि, स्रोत शिक्षकलाई पुरस्कृत गरिएको छ । रिड नेपाल नामक सस्थाद्वारा आयोजित कार्यक्रममा ‘स्टार टिचर अवार्ड’ अन्तर्गत सरस्वती मावि तापेथोकका मित्र दाहाल, सुनदेवी मावि इखाबुकी लीला मावोहाङ, लुङथुङ आधारभूत विद्यालयका मिङमा साङग्गे शेर्पा, शीतला आधारभूत विद्यालय खेवाङकी सुमित्रा मग्रान्ती, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल