alliance khabar

सोमबार, भाद्र १६, २०८२

काठमाडौं, भदौ १६ गते ।

नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आउन चार दिन बाँकी छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिव पूरा भएको केन्द्रीय कार्यालयका पदाधिकारीहरुको भनाइ छ ।

पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम र संख्या निश्चित गरिएको छ । ‘दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि हुन् । तीमध्ये कसैको मृत्यु भएको, कसैले पार्टी छोडेको र कसैलाई पार्टी कारबाही गरेकाहरुको सुची हटाइएको छ’ गौतमले भन्नुभयो,  ‘रिक्त ठाउँमा नयाँ प्रतिनिधि छनौट गर्न पाइने व्यवस्था एमालेमा छैन । अर्कोतिर दशौं महाधिवेशनपछि मनोनित भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरुलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उहाँहरु आयोजकको हैसियतमा रहनुहुन्छ ।’

महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधिसहित २ हजार ३ सय ४९ जना सहभागी हुँदैछन् । केन्द्रीय कार्यालयले हिजो नै सबै प्रतिनिधिहरुलाई एसएमएस मार्फत महाधिवेशनको निमन्त्रणा पठाइसकेको छ । केही प्रतिनिधिहरुको मोवाइल नम्बर अद्यावधिक नभएकोले सम्बिन्धत जिल्ला कमिटीहरुलाई सबै प्रतिनिधिलाई जानकारी दिन केन्द्रीय कार्यलयले निर्देशन गरेको छ । एमालेले विधान महाधिवेशनको मूल नाराको रुपमा  ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरेको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मूख्य तीनवटा प्रतिवेदन राजनीतिक, साँगठनिक र विधान छपाइको काम भइरहेको छ । यस्तै, निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषदको प्रतिवेदन पनि छपाइको क्रममा रहेको छ । प्रतिनिधि परिचयपत्र छपाइ भइसकेको छ ।

एमाले मुख्यालयका अधिकारीहरका अनुसार भदौ १९ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदनहरु महाधिवेशनमा पठाउने निर्णय लगायत अन्य केही प्राविधिक विषयमा निर्णय हुनेछ । प्रमुख गौतमका अनुसार भदौ १८ गते प्रचार तथा प्रकाशन विभागको तर्फबाट पत्रकार सम्मेलनमार्फत महाधिवेशनको अन्तिम तयारीको जानकारी गराइने छ ।

परिचयपत्र अनलाइनमार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ । डा. अधिकारीका अनुसार गोदावरीस्थित सनराइज हलमा छिर्न प्रतिनिधीहरुलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । ढोकामा आफ्नो परिचयपत्रमा रहेको क्यूआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइनेछ । खाना र खाजाका लागि एक व्यांक्वीटलाई जिम्मा दिइएको छ ।

महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको छ । विभिन्न जनबर्गीय संगठन र स्थानीय कमिटीहरुले सातदोबाटोदेखि गोदावरीसम्म स्वागतद्वार निर्माण र हँसिया हथौडा र सूर्य चिन्ह अंकित झण्डा राख्ने  तयारी गरेका छन् । ललितपुर जिल्ला कमिटीले सडकमा झण्डा राख्ने काम गरिरहेको डा. अधिकारीले बताउनुभयो ।

यसैगरी भक्तपुर जिल्ला कमिटीले जडिबुटीदेखि सूर्यविनायकसम्म १० वटा आकाशे पुलमा महाधिवेशनको नारा र लोगो अंकित व्यानर र चोक–चोकमा झण्डा राख्ने तयारी थालेको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाधिवेशनको उदघाटन गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल