अर्थमन्त्री डा. वाग्ले कतार प्रस्थान

काठमाडौँ, असोज १०  गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैंक (एआइआइबी) को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गर्नुभएको छ । बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री वाग्ले आज साँझ कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको भएको छ । उहाँसँग अर्थ मन्त्रालय, अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, […]

धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काठमाडौँ, असोज १० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ । मन्त्रालय मातहतको सिँचाइ विभागअन्तर्गत पर्ने नागमती तथा धाप बाँध आयोजनाले शनिबार विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकाको सुख्खायामको पानीको आवश्यकता पूर्ति गर्न निर्मित धाप बाँध र यसको मुख्य संरचना हालसम्म […]

वैदेशिक रोजगारी : खर्च उठाउन चार महिनाको तलब

काठमाडौँ, असोज १० गते । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले आफू विदेश जाँदाको लागत असुल गर्न औसत साढे तीन महिनादेखि साढे चार महिनाको पारिश्रमिक लाग्ने गरेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को प्राविधिक सहयोगमा तयार पारेको श्रम आप्रवासनको लागत खर्चसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययन अनुसार श्रमिकले भर्ना प्रक्रियामा गरेको […]

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भई स्वदेश फर्किनुभयो प्रधानमन्त्री शाह

काठमाडौँ, असोज १० गते ।  प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किनुभएको छ । ​ असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो […]

प्रधानमन्त्री शाहद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम प्रस्ताव (सम्बोधनको पूर्णपाठ)

काठमाडौँ, असोज ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको […]

आज मिति २०८३ असाेज ०९ गते , 25 sep 2026 , शुक्रबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्य क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुनेछ । व्यवसायमा नयाँ सम्पर्क तथा सहकार्यबाट लाभ लिन सकिनेछ । आर्थिक पक्षमा सुधार आउने संकेत छ । यद्यपि, अनावश्यक खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ । वृष  (इ, उ, ए, ओ, बा, […]

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

सयुक्त राष्ट्रसङ्घ, असोज ६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने चेतावनी दिएको केही समयमै अमेरिकी र इरानी अधिकारीबीच करिब तीन घण्टा वार्ता भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाका लागि विश्व नेताहरू भेला भएका बेला भएको यो अप्रत्याशित भेटले युद्धरत दुई मुलुकबीच कूटनीतिक संवादको सम्भावना देखाएको छ । राष्ट्रपति ट्रम्पका प्रमुख […]

ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने

काठमाडौँ, असोज ७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुने भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विद्युत् पूर्वाधारमा पुर्‍याएको क्षति, मानवीय क्षति, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणबारे जानकारी दिन मन्त्री श्रेष्ठले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो । भोटेकोशी बाढीले […]

इन्द्रध्वजोत्थानसँगै विधिवत् रुपमा इन्द्रजात्रा सुरु

काठमाडौँ, असोज ७ गते । इन्द्रजात्रा (येँया) बुधबारबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान ७ः४१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) गरेपछि इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको मानिन्छ । आठ दिनसम्म चल्ने इन्द्रजात्राको पहिलो दिन पुलुकिसी, लाखे र सवःभकु निकाल्ने परम्परा छ । विशेषगरी आजको दिनलाई ‘उपाकु’ भनिन्छ । आज साँझ नेवार समुदायले मृतकको सम्झनामा […]

फतुवाविजयपुरका नगर प्रमुख यादवको सजाय सर्वोच्चबाट पनि सदर

रौतहट, असोज ७ गते । रौतहटको फतुवाविजयपुर नगरपालिकाका निलम्बित नगर प्रमुख गोपालराय यादवको सजाय सर्वोच्च अदालतबाट पनि सदर भएको छ । लालबकैया नदीको ढुङ्गा, गिट्टी र बालुवा ठेक्का प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध निलम्बित यादवले दायर गर्नुभएको पुनरावेदन सर्वोच्च अदालतले सोमबार अस्वीकार गरेपछि उहाँलाई सुनाइएको तीन वर्ष कैद र १५ लाख रुपियाँ जरिवाना कायम भएको छ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ