काठमाडौँ, कात्तिक १२ गते । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा मन्त्री अर्यालले पछिल्लो समय मुलुकको अवस्थामा दिनप्रतिदिन सुधार हुँदै आएको उल्लेख गर्नुभएको थियो । यसका लागि सबै पक्षसँग सहकार्य भएको […]
जापान–अमेरिका गठबन्धनलाई ‘बलियो र समृद्ध स्वर्ण युग’ मा रूपान्तरण गर्ने दृढता टोकियो, कात्तिक ११ गते । अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ । जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा […]
काठमाडौँ, कात्तिक ११ गते । नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला दुई हजार नौ सय रुपियाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपियाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार दुई लाख ३९ हजार नौ सय रुपियाँमा सुनको […]
काठमाडौँ, कात्तिक ९ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार जितका लागि दुई सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन […]
काठमाडौँ, कात्तिक ८ गते। आइसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाका अन्तर्गत आइतबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । यूएई शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हङकङ सिक्सेस टिममा पठाएर विश्वकप लिग–२ खेल्ने टिममा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ। लिग–२ अन्तर्गत […]
काठमाडौँ, कात्तिक ८ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ८३ पैसा र बिक्रीदर १६३ रुपियाँ ५३ पैसा, युके पाउण्ड […]
कञ्चनपुर, कात्तिक ४ गते । कञ्चनपुरका विपिन जोशीको मङ्गलबार अन्त्येष्टि गरिँदै छ । सोमबार साँझ काठमाडौँबाट धनगढी हुँदै महेन्द्रनगरस्थित घरमा ल्याइएको शव आज महाकाली नदीको भुजेला घाटका दाहसंस्कार गरिने भएको हो । स्थानीय तहका जनप्रतिनिधि, नेता कार्यकर्ता, स्थानीय, आफन्त, परिवारजन तथा शुभेच्छुकलगायतले दिवङ्गत जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिँदै छ । सोमबार बिहानैदेखि विपिनको घरमा […]
काठमाडौँ, असोज २९ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७८ पैसा र बिक्रीदर १४२ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ८५ पैसा र बिक्रीदर १६४ रुपियाँ ५४ पैसा, युके […]
काठमाडौँ, असोज २८ गते । सनसनीपूर्ण खेलमा लेग स्पिनर सन्दीप लामिछाने एक्लै पाँच विकेट र कप्तान रोहितकुमार पौडेलले अर्धसतकीय इनिङ्स खेलेपछि नेपालले कतारमाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा सोमबार राति भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा जितका लागि […]
काठमाडौं, असोज २७ गते । लामो समयदेखि प्रतीक्षा गरेका नेपाली विद्यार्थी विपीन जोशी अब जीवितै फर्कने आशा निराशामा परिणत भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी र टाइम्स अफ इजरायलले जोशी जीवित नरहेको समाचार प्रकाशन गरेका छन् । टाइम्स अफ इजरायलको समाचारमा भनिएको छ, ‘‘इजरायल र हमासबीच जारी युद्धबीच हमासले आज चारजना मृत बन्दीको नाम […]