सामान ढुवानीमा विलम्ब भइरहेको गुनासो

काठमाडौँ, माघ २१ गते ।  नेपाल समुद्रपार निकासी पैठारी सङ्घले वाणिज्यसँग सम्बन्धित निजी क्षेत्रको चासोका विषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ । सङ्घको प्रतिनिधि मण्डलले वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेलाई मङ्गलबार उहाँकै कार्यकक्षमा भेटेर ध्यानाकर्षण गराएको हो । सो अवसरमा सङ्घले तयार गरेको सुझाव प्रस्तुत गर्दै सङ्घका महासचिव जयन्तकुमार अग्रवालले केही महिनायता नेपालका लागि आयातित सामान […]

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौँ,  माघ २० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो । विश्व […]

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की,  माघ १९ गते । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् ।  पहिलो खेल बङ्गलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भूटान दुबैले यसअघि आफ्नो पहिलो […]

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी, माघ १९  गते । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ । भुवनसँगै सर्बियादेखि इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा […]

राष्ट्रपति पौडेल जापानमा

जापान, माघ १९ गते । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमणका लागि सोमबार यहाँ आइपुग्नुभएको छ । उहाँलाई यहाँस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गर्नुभको थियो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता […]

वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन आग्रह

काठमाडौँ,  माघ १८ गते । देशभर रहेका वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गरेको छ । वन तथा वातावरण मन्त्रालयको आग्रहबमोजिम सङ्घीय मामिलाले सबै स्थानीय तहलाई वातावरण निरीक्षकको बारेमा जानकारी उपलब्ध गराइदिन पत्राचार गरेको हो । मुलुकभर हाल वातावरण निरीक्षक सङ्घ, प्रदेश र स्थानीय तहमा […]

आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने

काठमाडौँ, माघ  १६ गते।   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। आगामी वैशाख ३ र ४ गते काठमाडौँमा आइसिसी २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो। सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय […]

भारतको पश्चिम बङ्गालमा निपा भाइरस, पूर्वी नेपालमा सतर्कता

विराटनगर, माघ १६ गते । भारतको पश्चिम बङ्गाल क्षेत्रमा निपा भाइरस सङ्क्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतर्कता बढाइएको छ । निपा भाइरस सङ्क्रमण दर उच्च रहेकाले सम्भावित जोखिमबाट सुरक्षित रहन पूर्वका झापा, मोरङ, सुनसरी र इलामका नाकामा हेल्प डेस्कको सक्रियतादेखि अस्पतालमा आइसोलेसनसम्मको तयारी थालिएको हो । निपा भाइरस सङ्क्रमण देखिएमा कोरोना सङ्क्रमणकालमा अस्पतालमा स्थापना गरिएका […]

साउदी अरबसँग श्रम सम्झौता

काठमाडौँ, माघ १३ गते । नेपालीको प्रमुख श्रम गन्तव्य देश साउदी अरबसँग करिब डेढ दशकको निरन्तरको प्रयासपछि श्रम सम्झौता भएको छ । साउदी अरबको रियादमा आयोजित समारोहमा नेपाल र साउदी अरब सरकारबिच श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्धन गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री […]

बङ्गलादेशको आवासीय भवनमा आगलागी, छ जनाको मृत्यु, १३ घाइते

ढाका, माघ २ गते। बङ्गलादेशको राजधानी ढाकाको आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ। “फायर सर्भिस” र “सिभिल डिफेन्स कन्ट्रोल रुम ” का ड्युटी अफिसर मोहम्मद रफी अल फारुकलाई उदृत गर्दै छ तले आवासिय भवनको पहिलो तलामा स्थानीय समय अनुसार  विहान ७ः५४ मा आगलागी भएको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल