काठमाडौँ, भदौ २० गते । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल हुनुभएको छ । जापानको नागोया सहरको करिया हलमा आज साँझ सम्पन्न ‘हिट किक बक्सिङ– ५९ अन्तरराष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घ, विश्व च्याम्पियनसिपको मेन इभेन्ट प्रतियोगितामा ‘हिमालयन चितुवा’ ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन […]
काठमाडौं, भदौ १८ गते । नेपालका लागि पाकिस्तानका राजदूत अमिर खानले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गर्नुभएको छ। परराष्ट्र मन्त्रालय, सिंहदरबारमा पुगेर त्यहाँ राखिएको शोकपुस्तिकामा उहाँले नेपाल, नेपाली जनता तथा सरकारको दुःखमा पाकिस्तान साथमा रहेको उल्लेख गर्नुभएको छ। यसअघि पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री सहबाज सरिफले पनि नेपालमा […]
काठमाडौँ, भदौ १८ गते । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले आयोजक मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ । यी दुई टोलीबिचको खेल बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको हो । नेपालले बिहीबारको खेलमा पनि उत्कृष्ट बलिङ गरिरहेको छ । एक्काइस ओभरमा नेपालले मलेसियाको पाँच विकेट लिइसकेको छ । जारी प्रतियोगितामा नेपाल र […]
काठमाडौँ, भदौ १७ गते । जापानबाट पहिलो चरणको राहत सामग्री आज आइपुगेको छ । जापान सरकारले नेपालमा आइपरेको भोटेकोशी हिमबाढीको विपत्मा ऐक्यबद्धता जनाउँदै उक्त राहत सामग्री नेपाल पठाएको हो । उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता सामग्री व्यवस्थापन क्षेत्रमा हस्तान्तरण […]
काठमाडौँ, भदौ १५ गते । परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै राहतसँगै पुनःस्थापना र पुनःनिर्माणका सबै चरणमा एनआरएनए तथा अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्मासहित प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले एनआरएनएले विदेशमा […]
काठमाडौँ, भदौ १४ गते । तेस्रो संस्करणको एसिसी प्रिमियर आइतबारदेखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ । नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, […]
क्विटो, भदौ १३ गते । जलविद्युत् आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरेबापत चिनियाँ कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार पाँच वर्षको जेल सजाय सुनाइएको छ । त्रिहत्तर वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिँडडुल गर्न कठिनाइ हुने भन्दै अदालतले उहाँलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आदेश दिएको छ । […]
काठमाडौँ, भदौ १३ गते । अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले शनिबार भिक्टोरिया सिए–११ विरुद्ध खेल्दै छ । डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने यी दुई टोलीबिचको खेल अपराह्न १ः१५ बजे सुरु हुनेछ । सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा छ । नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा […]
काठमाडौँ, भदौ ११ गते । भारत सरकारले भोटेकोशी बाढी प्रभावितका लागि नेपाललाई १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधी सहयोग गरेको छ । भारतले चुनौतीपूर्ण अवस्थामा नेपाल र नेपाली जनताको साथमा रहेको जनाउँदै उक्त सहायता समग्री हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]
काठमाडौँ, भदौ ११ गते । नेपाल–चीन जोड्ने उत्तरी नाकाको व्यापारिक सम्बन्धविच्छेद भएको छ । बुुधबार बिहान रसुुवामा आएको बाढीका कारण रसुवागढीको पुल बगाएसँगै दुुई देश जोड्ने व्यापारिक सम्बन्ध टुटेको हो । यसबाट आयातनिर्यात ठप्प भएको छ । रसुुवा भन्सार कार्यालयको भवन र भन्सार पास गरी नेपाल भित्रिन लागेका सामान बोकेका कन्टेनर र विद्युुतीय सवारीसाधनसमेत बगाएको […]