काठमाडौँ, भदौ १४ गते । तेस्रो संस्करणको एसिसी प्रिमियर आइतबारदेखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ । नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, […]
क्विटो, भदौ १३ गते । जलविद्युत् आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरेबापत चिनियाँ कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार पाँच वर्षको जेल सजाय सुनाइएको छ । त्रिहत्तर वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिँडडुल गर्न कठिनाइ हुने भन्दै अदालतले उहाँलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आदेश दिएको छ । […]
काठमाडौँ, भदौ १३ गते । अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले शनिबार भिक्टोरिया सिए–११ विरुद्ध खेल्दै छ । डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने यी दुई टोलीबिचको खेल अपराह्न १ः१५ बजे सुरु हुनेछ । सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा छ । नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा […]
काठमाडौँ, भदौ ११ गते । भारत सरकारले भोटेकोशी बाढी प्रभावितका लागि नेपाललाई १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधी सहयोग गरेको छ । भारतले चुनौतीपूर्ण अवस्थामा नेपाल र नेपाली जनताको साथमा रहेको जनाउँदै उक्त सहायता समग्री हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]
काठमाडौँ, भदौ ११ गते । नेपाल–चीन जोड्ने उत्तरी नाकाको व्यापारिक सम्बन्धविच्छेद भएको छ । बुुधबार बिहान रसुुवामा आएको बाढीका कारण रसुवागढीको पुल बगाएसँगै दुुई देश जोड्ने व्यापारिक सम्बन्ध टुटेको हो । यसबाट आयातनिर्यात ठप्प भएको छ । रसुुवा भन्सार कार्यालयको भवन र भन्सार पास गरी नेपाल भित्रिन लागेका सामान बोकेका कन्टेनर र विद्युुतीय सवारीसाधनसमेत बगाएको […]
काठमाडौँ, भदौ ११ गते । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल रु १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ । रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, […]
काठमाडौँ, भदौ १० गते। भारतका प्रधामन्त्री नरेन्द्र दामोदर मोदीले प्राकृतिक विपतको दुखद घडीमा भारत सरकार र त्यहाँका जनता नेपालको साथमा रहेको बताउनुभएको छ। प्रधानमन्त्री बालेन्द्र साहसँग टेलिफोन कुराकानी गर्दै भारतमा प्रधानमन्त्री मोदीले नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा […]
काठमाडौँ, भदौ १० गते । विपतग्रस्त नेपालका बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय थालेका छन्। बाढीको समाचार बाहिरिएलगत्तै बुधबार बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप २५ अर्ब रुपियाँसम्म सहयोग गर्न सकिने […]
काठमाडौँ, भदौ १० गते । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध खेल्दैछ । यी दुई टोलीबिचको खेल आज अपराह्न ३ः१५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टोली दोस्रो जितको खोजीमा छ । नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको […]
काठमाडौँ, भदौ ८ गते । मलेसिया श्रमिक पठाउने विषयमा भएको सिन्डिकेटविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ कठोर भएर प्रस्तुत भएको छ । सङ्घले आइतबार मलेसियामा श्रमिक पठाउनका लागि पछिल्लो पटक छनोट भएका २५ वटा वैदेशिक रोजगार कम्पनीविरुद्ध कठोर नीति लिएर छ वटामा तालाबन्दी गरेको हो । सङ्घले आइतबार पत्रकार सम्मेलनमार्फत ‘रिक्रुटमेन्ट एजेन्सी’ मार्फत मलेसिया जाने […]