काठमाडौँ, असार ८ गते । अमेरिका र इरानबिच आइतबार स्विट्जरल्यान्डको लुसेर्न तालमाथिको पहाडी रिसोर्ट क्षेत्र बुर्गेनस्टक रिसोर्टमा प्राविधिक स्तरको वार्ता सुरु भएको छ । वार्ता मुख्य रूपमा इरानको आणविक कार्यक्रम र लेबनानमा जारी युद्धविरामको विषयमा केन्द्रित रहेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । दुई देशबिच हालै सम्पन्न प्रारम्भिक शान्ति सम्झौतापछि बाँकी रहेका प्राविधिक तथा राजनीतिक एजेन्डालाई […]
काठमाडौँ, असार ७ गते । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा, […]
काठमाडौँ, असार ५ गते । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा, […]
न्युयोर्क, असार ४ गते । लियोनेल मेसीले कीर्तिमान आफ्नो छैटौँ विश्वकपको सुरुवात ह्याट्रिकसहित गर्नुभएको छ । मेसीले बुधबार अल्जेरियाविरुद्धको खेलमा तीन गोल गरेर विश्वकपका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजको बराबरी गर्नुभएको हो । यी दुवै खेलाडीले विश्वकपमा कुल १६–१६ गोल गर्नुभएको छ । मेसीको ह्याट्रिकमा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएर विजयी सुरुवात […]
काठमाडौँ, असार ३ गते । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता […]
न्युयोर्क, असार ३ गते । विश्वकप फुटबलको उपाधि जितको खोजीमा अमेरिका पुगेको क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले समूह ‘के’ मा आफ्नो पहिलो खेल बुधबार कङ्गोविरुद्ध खेल्ने छ । सधैँ उपाधि दाबेदारका रूपमा प्रस्तुत भए पनि पोर्चुगलले अहिलेसम्म विश्वकप जित्न सकेको छैन । यसपालि पनि पोर्चुगललाई दाबेदारका रूपमा लिइएको छ । सन् १९९६ मा तेस्रो स्थान पोर्चुगलको […]
काठमाडौँ, जेठ २९ गते । संयुक्त अरब इमिरेट्स (युएई) को वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी भदौ ७ गतेदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक व्यावसायिक उडान सुरु गर्ने भएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईले पर्यटकीय राजधानी पोखरालाई आफ्नो नयाँ प्राथमिकता प्राप्त गन्तव्यका रूपमा अघि सार्दै दुबई–पोखरा–दुबई गन्तव्यमा दैनिक एक उडान गर्ने गरी […]
काठमाडौँ, जेठ २९ गते । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९२ पैसा र बिक्रीदर १५३ रुपियाँ ५२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ४३ पैसा र बिक्रीदर १७७ रुपियाँ १२ पैसा, […]
काठमाडौं, जेठ २६ गते । नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगरलाई यूएई तेक्वान्दो फेडेरेसनले २०२५–२०२६ खेलसत्रका तेक्वान्दो च्याम्पियनसिपमा रेफ्रीको माधयमबाट गरेको उत्कृष्ट योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको छ । यूएई तेक्वान्दो फेडेरेसनको बोर्ड अफ डाइरेक्टर्सले जारी गरेको प्रशंसापत्रमा घर्ती मगरले विभिन्न तेक्वान्दो प्रतियोगितामा रेफ्रीको रूपमा देखाएको महत्वपूर्ण, विशिष्ट र उदाहरणीय कार्य […]
न्युयोर्क, जेठ २४ गते । विश्वकप फुटबल प्रतियोगिताका लागि सहभागी ४८ टिमकै २६ सदस्यीय टिमको घोषणा भइसकेको छ । प्रायः जसो टिममा विश्वका ठुला क्लबका खेलाडीको बाहुल्य रहेको छ । जसमध्ये यस विश्वकपमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका सर्वाधिक २९ खेलाडीले खेल्ने छन् । १९ मध्ये चार जना इङ्ग्ल्यान्डको टिममा रहेका छन् । इङ्ग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले आफ्ना टिममा […]