मलेसियाको उत्पादकमूल्य २.४ प्रतिशतले घट्यो

मलेसिया, मङ्सिर १४ गते : मलेसियाको उत्पादक मूल्य सूचकाङ्क अक्टोबरमा २.४ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । जसले उत्पादक स्तरमा सामानको मूल्य परिवर्तन मापन गर्दछ । डिपार्टमेन्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले यो गिरावट मुख्यतया खानी क्षेत्रमा १७.३ प्रतिशतले घटेको बताएको छ । कच्चा तेल निकासीको सूचकाङ्क २१.७ प्रतिशतले घटेको छ भने प्राकृतिक ग्यास निकासीको सूचकाङ्क १.७ प्रतिशतले […]

युक्रेन सङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री

मस्को (रुस), मङ्सिर १२ गते : युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रूसी विदेश मन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताउनुभएको छ । लावरोभले रुसको आधिकारिक अखबार रोसिस्काया गजेटासँगको अन्तर्वार्तामा भन्नुभयो, “युद्धको मैदानमा हेर्दा, हामी अझै पनि सङ्कटको राजनीतिक र कूटनीतिक समाधानबाट टाढा छौँ । वासिङ्टन र यसका सहयोगीहरू रुसका लागि रणनीतिक […]

उपराष्ट्रपति यादवसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, मङ्सिर ११ गते।  उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ। भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, श्रम र आर्थिक सम्बन्धलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ। उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अरब इमिरेट्सबिच सन् १९७७ मा कूटनीतिक […]

रूसले रातारात १८८ ड्रोन प्रक्षेपण गरेको युक्रेनको भनाइ

किएभ (युक्रेन), मङसिर ११ गते (एएफपी)। रूसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको युक्रेनी सेनाले मङ्गलबार जनाएको छ। ड्रोन हमलाले युक्रेनी भवनहरू तथा “महत्वपूर्ण पूर्वाधारमा  क्षति पुगेको सेनाले जनाएको छ। पछिल्लो समयमा मस्को र किभले ड्रोन र मिसाइल प्रक्षेपण विस्तार गर्दै आएका छन्, युक्रेनले भर्खरै रूसमा अमेरिकी लामो दूरीका मिसाइलहरू प्रहार गरेको छ भने […]

इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण

काठमाडौँ, मङ्सिर ११ गते ।  शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमबार सन्दरीजलस्थित बिपी सङ्ग्रहालयको निरीक्षण गर्नुभएको छ । इजरायल र नेपालबिचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न उहाँले सङ्ग्रहालयको भ्रमण गर्नुभएको हो । यहाँस्थित […]

नेवानिले हटायो माथिल्लो भाडादर

काठमाडौँ, मङ्सिर १० गते ।  नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानतर्फको माथिल्लो भाडादरको हवाई टिकट नबेच्ने भएको छ । सरकारको निर्देशन कार्यान्वयन गर्दै निगमले इकोनोमी क्लासको महँगो दरको भाडा हटाएर सस्तो भाडादर मात्र निर्धारण गरिएको निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा हवाई भाडा बढेको जनगुनासोपछि हाललाई माथिल्लो भाडादरको […]

अमेरिकामा देउडाको बीजारोपण

नेपालको जैविक विविधताको वर्णन र फलफूलका लागि पनि हाम्रो देश प्रसिद्ध छ । विकासक्रम र परिवर्तनसँग अब देउडा गीत र देउडा संस्कृति केवल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्र सीमित रहेन । काली कर्णाली विकास क्षेत्रका हजारौँ मानिस कामको खोजीमा छिमेकी राष्ट्र भारतमा जाने गर्छन् । जहाँ जहाँ बसेका छन् तिनै ठाउँमा देउडा गीत गाउने, कार्यक्रम […]

‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’

नयाँदिल्ली, मङ्सिर ८ गते । विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घूसखोरीको आरोपले धक्का दिएको छ । कैयौँ बहुराष्ट्रिय कम्पनीका मालिक तथा अदानी समूहका अध्यक्षसमेत रहनुभएका अदानीले र उहाँको समूहलाई आरोपले क्षणिकरुपमा क्षति पुर्याएको र आर्थिक पुनरागमन गर्न लामो समय नलाग्ने विश्लेषकहरुले […]

साइबर सुरक्षाप्रति सचेतना आवश्यक

विश्व समाज अहिले प्रविधिको युगमा छ । मानिसको जीवनलाई सरल र सहज बनाउन प्रविधिले ठुलो भूमिका खेलिरहेको छ । द्रुत गतिमा बढेको प्रविधि द्रुत गतिमा नै दुरुपयोगमा फसेको छ । प्रविधिको विकाससँगै, साइबर आक्रमणको आवृत्ति र परिष्कार डरलाग्दो दरमा बढ्दै गएको छ । विश्वका ठुला ठुला देशलाई पनि साइबर आक्रमणले गिज्याइरहेको छ । त्यस कारण […]

रसुवागढीले विद्युत उत्पादन थाल्यो, वार्षिक तीन अर्ब २५ करोड कमाउने

काठमाडौँ, मङ्सिर ७ गते । लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल