alliance khabar

शनिबार, भाद्र १४, २०८२

काठमाडौँ, भदौ १४ गते ।

 कप्तान रोहित पौडेलले अविजित सतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा दुई विकेटले विजयी भएको छ ।

शनिबार भएको अन्तिम अभ्यास खेलमा जितका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ बलमा आड विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रोहितले अविजित एक सय एक रन बनाउनुभयो ।

उहाँले एक सय दुई बलमा नौ चौकाको सहयोगमा सतक प्रहार गर्नुभएको हो । यस्तै सोमपाल कामीले अविजित ३८ रन बनाउनुभयो । बलिङमा साउथ अस्ट्रेलियाका लागि मेन्जिजले चार विकेट लिनुभयो । म्यानेन्टीले तीन विकेट झार्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४२ रन बनाएको थियो । गुलसन झाले ३६ र कुशल भुर्तेलले २८ रन बनाउनुभयो ।

साउथ अस्ट्रेलियाका लागि ह्‍यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाउनुभयो । यस्तै  दुवित हुगानबोजमले ५३, रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन जोड्नुभयो ।

बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले तीन तीन विकेट लिनुभयो । यस्तै सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले एक एक विकेट झार्नुभयो ।

नेपाल यसअघि नेपालले साउथ अस्ट्रेलियासँगको दुई वटा टी–२० अभ्यास खेलमा हार खेपेको थियो । नेपाल पहिलो खेलमा तीन विकेट र दोस्रो खेलमा तीन रनले पराजित भएको थियो । त्यसअघि नेपालले स्थानीय क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध दुईै वटा टी–२० अभ्यास खेलमा दुवै जित हात पारेको थियो ।

टप एन्ड टी–२० सिरिज खेल्ने अस्ट्रेलिया पुगेको नेपालले सिरिजपछि अभ्यास खेल खेलेको हो । ११ टोली सहभागी सिरिजका नेपाल समूहचरणबाटै बाहिरिएको थियो ।

नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल