alliance khabar

सोमबार, भाद्र ०९, २०८२

बेलायत, भदौ  ९ गते ।

बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो ।  आइतबार सम्पन्न मेलामा नेपाली मौलिकता झल्कने विभिन्न जातजातिका ४० झाँकी सहभागी थिए ।

झाँकी प्रतियोगितातर्फ मगर सङ्घ युकेले पहिलो स्थान प्राप्त गरेको छ । पासा पुच गुठी युकेले दोस्रो स्थान प्राप्त गर्दा किरात याक्थुम चुम्लुङ युकेले तेस्रो स्थान हासिल गरेको मेला सञ्चार संयोजक एस के गुरुङ जानकारी दिनुभयो ।

मौलिक सांस्कृतिक नृत्य प्रतियोगितामा सहभागी भएका २५ सङ्घ–संस्थामध्ये पासा पुच गुठी युके विजयी भएको छभने दोस्रो स्थानमा तनहुँ समाज युके र तेस्रो स्थान किरात याक्थुमचुम्लुङले प्राप्त गरेको । मेलामा आयोजित एस्वास्डर कपको उपाधि पासा पुच गुठी युकेले जित्योे । किरात याक्थुम चुम्लुङ युके दोस्रो र किरात राई यायोक्खा युकेले तेस्रो स्थान प्राप्त गरे ।

मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले गर्नुभएको थियो । उहाँले नेपालीहरु जहाँ पुगे पनि नेपालको मौलिकता संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गर्नुभयो ।

कार्यक्रममा आयोजक समूहका तर्फबाट तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले नेपालीले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल