alliance khabar

आइतबार, साउन १८, २०८२

कल्याणपुर (सप्तरी), साउन १८ गते ।

जनमत पार्टी सप्तरीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार राजविराजमा सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख डा. जयकान्त राउतले प्रशिक्षण दिनुहुँदै सङ्गठन सुदृढीकरण र जिम्मेवारीप्रति प्रतिबद्ध हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

सप्तरी जिल्लाका १८ वटै पालिकाबाट सहभागी भएका सदस्यहरूलाई सम्बोधन गर्दै उपाध्यक्ष डा. राउतले जनतामाझ गरिएका प्रतिबद्धता पूरा गर्न सङ्गठनात्मक बल आवश्यक रहेको उल्लेख गर्नुभयो । “सङ्कल्प पूरा गर्न सङ्गठन बलियो हुनुपर्छ, दृढ निश्चयका साथ अघि बढ्नुपर्छ,’’ उहाँले भन्नुभयो ।

दस लाख रोजगारी सुनिश्चित गर्ने जनमत पार्टीको एजेन्डा केवल नारामा सीमित नभएको स्पष्ट पार्दै डा. राउतले एक सिट जितेर मात्र त्यो लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो ।

उहाँले त्यसका लागि आगामी दिनमा सबै तहका नेता तथा कार्यकर्ता गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) को उदाहरण प्रस्तुत गर्दै उहाँले जनमतका स्वराजीहरूलाई आफ्नै पार्टीको विधान र संस्कारमा अडिग रहन निर्देशन समेत दिनुभयो ।

सामाजिक, भौतिक र आर्थिक रूपमा सबल हुन सकेमा मात्रै जनमत पार्टीले मुलुक परिवर्तन गर्ने यात्रामा सार्थक भूमिका निर्वाह गर्न सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल