कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन पारित हुने

काठमाडौं, भदौ १६ गते । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुहुने प्रतिवेदन पारित हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो २ बजे बस्ने बैठकमा सो प्रतिवेदन पारित हुने जानकारी दिनुभयो । मुख्यसचिव पौडेलले भन्नुभयो, “केन्द्रीय समितिको बैठक दिउँसो २ बजे बस्छ । सहमति […]

नेकपा एसका निर्वाचित पदाधिकारीको शपथ आज

काठमाडौँ, भदौ १३ गते : आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे काठमाडौँमा बस्ने र निर्वाचित पदाधिकारी, पोलिटब्युरो सदस्यहरूको शपथग्रहण हुने पार्टी सचिवालयले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।

प्रदेश मन्त्रालयले गर्‍यो १२४ कर्मचारीको सरुवा

नेपालगन्ज, भदौ ८ गते । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौँ तहसम्मका १२४ जना कर्मचारीको सरुवा गर्नुभएको हो । मन्त्रालयले सार्वजनिक गरेको सरुवा लिष्टमा दुई वर्षभन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरूको नाम परेको छ […]

स्थानीय तहमा बेथिति, मनोमानी खर्च गर्दा बेरुजु डेढ अर्ब

दैलेख, भदौ ७ गते । नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्ने भन्दा पनि आफू अनुकूल प्रशासन चलाउने र आर्थिक अपचलन गर्नेतर्फ उन्मुख हुँदा स्थानीय तहमा बेरुजु बढ्दै गएको छ । कानुनविपरीत सेवा सुविधा, अबन्डा बजेट, सवारीसाधन खरिद, इन्धन र मर्मत, कर्मचारी भर्ना, गुरुयोजना निर्माण, उपभोक्ता समितिमार्फत विकास निर्माणका काममा स्थानीय तहले मनलाग्दी […]

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ, भदौ ५ गते। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ। राजदूत सोङले बुधबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो। भेटमा द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ। सो भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबिचको सम्बन्ध बर्सौँ पुरानो भएको […]

धितोपत्र बोर्ड नेतृत्वविहीन हुनुहुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौँ, भदौ ५ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताउनुभएको छ। बुधबार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व विहीनको अवस्थामा नरहने बताउनुभएको हो। उहाँले बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको भन्दै सरकारले बोर्डको नेतृत्व चाँडै […]

कानुनसहित विभिन्न ६ वटा समितको बैठक बस्दै

काठमाडौं ,भाद्र ०५ गते। संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक आज बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति, विकास, आर्थिक मामिला तथा सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । कानून, […]

परराष्ट्रमन्त्री डा. राणाद्वारा भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता

नयाँ दिल्ली, भदौ ३ गते । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको जानकारी उहाँको सचिवालयले दिएको छ । प्रधानमन्त्री […]

संविधान संशोधन गर्ने काँग्रेस–एमाले सहमती मान्दैनौं : माधवकुमार नेपाल

काठमाडौँ, भदौ ४ गते । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधन गर्ने काँग्रेस–एमालेको सहमतीमा शंका गर्ने ठाउँ रहेको बताउनुभएको छ । अध्यक्ष नेपालले कहिल्यै संविधान संशोधनको विषयमा नबोलेका दुई ठूला दलले मध्यरातमा संविधान संशोधन गर्ने कुरामाथि शंका गर्नु स्वभाविक रहेको अध्यक्ष नेपालको जिकिर थियो । मङ्गलवार नेपाली काँग्रेसका […]

संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौँ : देउवा

काठमाडौँ, भदौ ४ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूलाई साथमा लिएर अघि बढ्ने बताउनुभएको छ । लोकतन्त्रप्रति प्रतिबद्ध कांग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमति सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई थियो । मंगलबार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व।प्रदीप […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल