जनकपुरधाम, साउन २५ गते ।
जनकपुरधामस्थित थापा चौकदेखि देवी चौक मार्गमा पर्ने रेलवेको अनधिकृत क्रसिङमा कार दुर्घटना भएकाे छ ।
रेलवे सुरक्षा वेसका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज क्षेत्रीका अनुसार बिहान करिब साढे ८ बजे भंगाहाबाट जयनगरका लागि छुटेको रेल सो स्थानमा पुग्दा ०२५ च १२९० नम्बरको कार अचानक रेलवे ट्रयाकमा प्रवेश गरेको थियो । रेलले कारलाई धकेलेर करिब २५ मिटर टाढासम्म पुर्याएको थियो। घटनामा मानवीय क्षति भएको छैन ।
उहाँले अनधिकृत रेल्वे क्रसिङका कारण यस्ता घटना बढ्ने गरेको जानकारी दिनुभयो। उहाँका अनुसार करिब ५२ किलोमिटर दुरीमा धेरै अनधिकृत क्रसिङहरू रहेका कारण दुर्घटनाको जोखिम उच्च छ। त्यहाँ गेटम्यान समेत नभएकाले पूर्वसावधानी नअपनाउँदा दुर्घटनाको सम्भावना बढ्ने गरेको डिएसपी क्षेत्रीको भनाइ छ।
यस्तै, रेलवेका अनुसार ५२ किलोमिटरमा २३ स्थनमा अनधिकृत क्रसिङ छन् ।