alliance khabar

बुधबार, साउन २१, २०८२

सुर्खेत, साउन २१ गते ।

 कर्णाली प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय गरेको छ । ढकाल यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।

यस्तै सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेश  बमोजिम जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र गाउँपालिका– ४ लुहादहमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसका साथै पत्रकारिता क्षेत्रको सशक्तीकरणका लागि पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२ स्वीकृत गरिएको छ ।

यस्तै सूचनाको हकसम्बन्धी कार्यान्वयनको प्रभावकारिता मूल्यांकन गर्न शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश सूचनाको हक अनुगमन समिति गठन गरिएको छ । उक्त समिति प्रदेशका विभिन्न कार्यालयहरूमा सूचनाको हक लागू भए नभएकोबारे अनुगमन गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल