alliance khabar

आइतबार, साउन २५, २०८२

कपिलवस्तु, साउन २५ गते ।

शनिबार, विजयनगर गाउँपालिका–१ जबाबैराठका थारु समुदायका हातमा पहिलो पटक लालपुर्जा राखिँदै थियो । बिहानैदेखि गाउँमा उत्साहको माहौल थियो । लालपुर्जा हस्तान्तरणका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी स्वयं गाउँ आइपुग्नुभएको थियो । वर्षौँदेखि आफ्नो भनिने जमिनमा बसोबास गर्दै आएका तर कानुनी कागज नपाएका भूमिहीन २१ घरधुरीलाई पहिलो पटक जग्गाधनी प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कपिलवस्तुमा नापी भएको एक महिनाभित्रै भूमिहीन सुकुम्वासीले लालपुर्जा प्राप्त गरेका छन् । विजयनगरका २१ र बाणगंगा नगरपालिकाका ७ मोतिपुरडाडाँका २८ घरधुरीले एक महिना मै लालपुर्जा प्राप्त गरेका हुन् । लालपुर्जा वितरण गर्दै मन्त्री यो वर्ष बजेटमार्फत पाँच लाख घरधुरीलाई लालपुर्जा वितरण गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले यो आयोगलाई अन्तिम आयोग बनाउने गरी भूमिहीन सुकुम्वासी र भूमिसम्बन्धी समस्या देखिएका करिब १५ लाख घरधुरीलाई लालपुर्जा वितरण गर्ने तयारी रहेको स्पष्ट पार्नुभयो ।

उहाँले सरकारले जनताको समस्या समाधान गर्नका लागी कानुन बनाउँदा गलत हल्ला फिँजाएको बताउनु भयो । वन मास्ने भए, सार्वजनिक जग्गा मास्ने भए, भू माफियालाई जग्गा दिने भए, मिलेमतो गरेर आए, पैसाको चलखेल भयो जस्ता हल्ला फिँजाएका छन् । कतिपय कानुनमा नमिलेका कुरालाई मिलाउनको लागी कानुनमा संशोधन गर्ने गरी विधयेक ल्याइएको दाबी गर्नुभएको थियो ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले भूमिहीन सुकुम्वासीलाई जति सक्यो छिटै लालपुर्जा वितरण गर्ने गरी काम गरेको बताउनुभयो । जबाबैराठमा असार २९ देखि साउन १ गतेसम्म नापीको काम सम्पन्न गरिएको थियो । एक हप्ते दाबी–विरोध र १५ दिन राजस्व दाखिला गर्ने समय तोकिएको थियो । मोतीपुर डाँडामा असार १३ देखि सुरु भएको नापी प्रक्रिया एक सातामै पूरा भएको थियो । आवश्यक प्रक्रिया पुरा गरी २८ भूमिहीनले लालपुर्जा पाएको वडा अध्यक्ष विष्णु गिरीले बताउनुभयो ।

लालपुर्जा वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य सिराज अहमद फारुकी, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले मन्तव्य राख्नुभएको थियो । आइतबार मायादेवी गाउँपालिकाका २ हजार घरधुरीलाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको नापी कार्यालय, कपिलवस्तुका प्रमुख जनक भण्डारीले जानकारी दिनुभयो । वितरण भएका लालपुर्जा करिब दुई महिनाभित्र मालपोत कार्यालयमा स्रेस्ता कायम हुनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल