शङ्का नगरी सकारात्मक सोचका साथ निर्वाचनको तयारीमा जुट्न गृहमन्त्रीको आग्रह

  काठमाडौँ, असोज २ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी नै २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेकाले अर्जुनदृष्टिका साथ अगाडि बढेको बताउनु भएको छ । मन्त्री पद सम्हालेपछि चौथो दिन कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा आयोगका पदाधिकारी तथा सञ्चारकर्मीलाई सम्बोधन गर्दै गहृमन्त्री अर्यालले भन्नुभयो, ‘‘निर्वाचनको तयारी द्रुत गतिमा हुन्छ, […]

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं, असोज २ गते । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल–चीनबीच दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ठ रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री कार्कीले आगामी दिनमा व्यापार, […]

जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको शोकमा थाक खेलकुद स्थगित

मुक्तिनाथ (मुस्ताङ), असोज २ गते । जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको शोकमा थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको गरेको ५२ औं संस्करणको खेलकुद तथा सांस्कृतिक कार्यक्रम स्थगित भएको छ । थासाङ गाउँपालिका–३ लेतेमा आगामी असोज ९ देखि ११ गतेसम्म हुने प्रतियोगितामा आन्दोलनको क्रममा ज्यान गुमाउनेको सम्झना तथा घाइतेको स्वास्थ्य लाभको कामनासहित प्रतियोगिता स्थगित गरिएको सङ्घका अध्यक्ष […]

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुरानै स्वरूपमा निर्माण गरिने

काठमाडौँ, असोज २ गते । जेनजी समूहको नाममा भएको प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडबाट ध्वस्त नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को बुधबार तीन जना मन्त्रीले स्थलगत निरीक्षण गर्नुभएको छ । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा […]

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडौँ, असोज १ गते । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजीले भदौ २३ गते राजधानीमा […]

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ, भदौ ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ः०० बजेदेखि राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक प्रावधान छ । यसैबिच राष्ट्रियसभाले आज […]

यसरी जोगियो भूमि सुधार तथा मालपोत कार्यालय

भारदह(सप्तरी), भदौ ३१ गते ।  जेनजीको आन्दोलनमा राजविराजका करिब दुई दर्जनभन्दा बढी कार्यालय तोडफोड, आगजनी र लुटपाट भए पनि भूमि सुधार तथा मालपोत कार्यालय जोगिएको छ । एउटै एरियामा रहेको सरकारी वकिलको कार्यालय, सप्तरी जिल्ला अदालत, उच्च अदालत जनकपुर राजविराज इजलास, करसेवा केन्द्र राजविराज, जिल्ला हुलाक कार्यालय, भौतिक पूर्वाधार कार्यालय, सघन सहरी डिभिजन कार्यालय, जिल्ला […]

ध्वस्त भयो प्रदेश सभा भवन

मकवानपुरगढी, भदौ ३१ गते  । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनबाट बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका एक दर्जनभन्दा बढी सरकारी संरचना ध्वस्त भएका छन् । आन्दोलनकारीले हेटौँडामा रहेका सरकारी संरचनामा खोजी खोजी आगजनी गरेका थिए । १४ वटा प्रदेश मन्त्रालय रहेकोमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय […]

पुनर्निर्माणमा जुट्न कांग्रेस संसदीय दलको अपिल

धनगढी, भदौ ३० गते।  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनको क्रममा घटेको घटनाबाट सृजित मुलुकको वर्तमान अवस्थामा एकजुट भइ पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको छ। संसदीय दलका नेता एवम् मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको दलको बैठकले पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको हो। कांग्रेस संसदीय दलले जेनजी युवाले उठाएको भ्रष्टाचारमुक्त समाज निर्माण, भ्रष्टाचारीलाई […]

तुलसीपुरका ८३ कैदीबन्दी फर्किए

दाङ, भदौं २८ गते । जेनजी आन्दोलनको क्रममा भागेको तुलसीपुर कारागारका ८३ कैदीबन्दी कारागारमा फर्केका छन्। २५३ मध्ये अहिलेसम्म ८३ कैदीबन्दी कारागारमा फर्किएको तुलसीपुर कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो । उहाँको अनुसार तुलसीपुर कारागारबाट तीन पटकमा २५३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ८३ कैदीबन्दी आफै फर्किएका छन् । बाँकी कैदीको खोजी भइरहेको छ, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल