नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ,  असार ३ गते । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिनुभयो । […]

लुम्बिनी प्रदेश सरकारको बजेट आज

सिद्धार्थनगर (भैरहवा), असार १  गते ।  लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ लागि बजेट सार्वजनिक गर्दैछ । आज साँझ ५ः०० बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ३८ अर्ब ९१ करोडको […]

सार्वजनिक खरिद ऐनमा परिमार्जन आवश्यक : गृहमन्त्री

काठमाडौँ, जेठ २९ गते ।  गृहमन्त्री सुधन गुरुङले विपत् व्यवस्थापन चुस्त र प्रभावकारी बनाउन सार्वजनिक खरिद ऐनका कतिपय प्रावधान परिमार्जन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री गुरुङले विपत् व्यवस्थापनका लागि कानुनका केही प्रावधान बाधक रहेकोसमेत बताउनुभयो । हालको प्रविधि र उद्धारका लागि प्रयोग भइरहेका उपकरण सुविधासम्पन्न नभएको बताउँदै उहाँले खरिदका […]

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिनुभयो पद तथा गोपनीयताको शपथ

काठमाडौँ, जेठ २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि  तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।  नवनियुक्त मन्त्रीद्वयले […]

दलहरूबिच संवादहीनताको अन्त्य

काठमाडौँ, जेठ २६ गते । संसद्को गतिरोध अन्त्य गर्न सत्तारूढ र विपक्षी दलहरूबिचको छलफल सहमतिबिना नै टुङ्गिएको छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबिच सोमबार करिब तीन घण्टा सर्वदलीय छलफल भएको थियो । तर संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सहमतिबिनै छलफल टुङ्गियो । रास्वपाका महामन्त्रीसमेत […]

रास्वपा प्रदेश अधिवेशन आजदेखि

काठमाडौँ, जेठ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ । देशभरका ७७ जिल्लामध्ये बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रास्वपाले जनाएको छ । रास्वपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले १२ जिल्लामा निर्वाचन प्रक्रिया […]

रास्वपा कैलाली सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित

चौमाला (कैलाली), जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनका लागि आइतबार राति भएको निर्वाचनबाट ठकुल्ला ३३५ मतसहित सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिद्वन्द्वी महेश कुमार चौधरीले ३७ र हरी रेग्मीले २२ मत प्राप्त गर्नुभएको छ। उपसभापतिमा रामलखन चौधरी विजयी हुनुभएको छ। पाँच जना प्रतिस्पर्धीलाई […]

सरकारका सय कार्यसूची : पैँसठ्ठी दिनमा सत्तरी प्रतिशत काम

काठमाडौँ, जेठ १९ गते । सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गतको एक सय दिनमा गरिने एक सय कार्यसूचीमध्ये ६५ दिनको अवधिमा ७० प्रतिशत कार्यसूची कार्यान्वयन भएको बताइएको छ । कतिपय काम एक सय कार्यसूचीमा तोकिएका समयसीमाभन्दा पनि अघि नै सम्पन्न भई कार्यान्वयनमा आएका छन् । अन्तरमन्त्रालय र निकायसँग समन्वय गरी कार्यान्वयन गर्न लामो प्रक्रिया पूरा गर्नुपर्ने, संविधान […]

गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड

काठमाडौँ, जेठ  १५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड दिनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनामार्फत राज्य सञ्चालन हुने व्यवस्था सुरु हुनु गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । सन्देशमा अध्यक्ष […]

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, जेठ ८  गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिनेलगायत कार्यसूचीमा छलफल गर्न सो पार्टीको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । यही जेठ  ५ गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले  प्रस्ताव गरेको नेताहरुको कार्यविभाजनलाई आज अन्तिम रुप दिने तयारी छ । एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार बैठक […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल