कैलाली, साउन २९ गते । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्नुभएको छ। लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहनुभएका भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्नुभएको हो। प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर […]
काठमाडौँ, साउन २८ गते । नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशमा राष्ट्रिय एकता सुदृढ बनाउन र विगतका विभाजन एवम् विद्वेषका घाउहरू निको पार्न आह्वान गर्नुभएको छ। जेन्जी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते हुनुभएका पूर्वसभापति देउवाले पाँच महिनाको विदेश उपचारपछि बिहीबार स्वदेश फर्किएलगत्तै एक विशेष सन्देश जारी गर्दै सो आह्वान गर्नुभएको हो। आफ्नो सन्देशमा उहाँले […]
मकवानपुर, साउन २८ गते । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सरकारले युवाको सुझावका आधारमा प्रदेशका योजना र कार्ययोजना बनाएर कार्यान्वयन गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार हेटौँडामा आयोजना गरेको सङ्घीयता सचेतना तथा युवा संवाद कार्यक्रममा बोल्दै मन्त्री तामाङले प्रदेश सरकारले युवालक्षित […]
काठमाडौँ, साउन २५ गते । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सोमबार अपराह्न १ सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा अर्थमन्त्री […]
धनगढी, साउन २१ गते । कैलालीको कैलारी गाउँपालिका–५, बैजपुरमा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । पालिकाभित्रै कार्यरत जनशक्ति व्यवस्थापन गरेर गाउँपालिकाले बुधबारदेखि आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले अस्पतालको उद्घाटन गर्नुभयो । हरेक पालिकामा कम्तीमा पनि १५ शय्याको अस्पताल स्थापना हुनुपर्ने सरकारको नीति अनुरूप अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल सञ्चालनका लागि अघिल्लो […]
मकवानपुर, साउन २१ गते । बागमती प्रदेशमा सरकार बनाउन निर्णायक अवस्थामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ । नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार निर्माणका लागि विभिन्न अड्कलबाजी र जोडघटाउ सुरु भएको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जान अनिच्छुक देखिएको हो । प्रदेश सरकारमा समर्थन र सहभागिताका विषयमा समेत […]
धनगढी, साउन २० गते । नयाँ सरकार गठनका लागि गठबन्धन गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने भएका छन् । नैतिक रूपमा सङ्कट र राजनीतिक रूपमा अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाह संवैधानिक व्यवस्थाबमोजिम अबको आठ दिनपछि कुर्सीबाट स्वयम् हट्नुहुने भएकाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता […]
हेटौँडा (मकवानपुर), साउन १९ गते । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालयमा मङ्गलबार आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री बज्राचार्यलाई शपथ ग्रहण गराउनुभएको हो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा मङ्गलबार नै नियुक्त गर्नुभएको थियो। उहाँ पुनर्गठित […]
काठमाडौँ, साउन १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगस्त १२ मा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस सातै प्रदेशमा विविध कार्यक्रम गरी मनाउने भएको छ । दिवसमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पार्टीले संसदीय दलका प्रमुख सचेतक तथा सांसद कवीन्द्र बुर्लाकोटीलाई मूल समारोह समितिको संयोजकको जिम्मेवारी दिएको छ । पार्टीले युवा दिवसलाई भव्य रूपमा मनाउन […]
काठमाडौँ, साउन १४ गते । सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका सहित नौ दलले पारस्परिक भाइचारा र सामाजिक सद्भाव खलबल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन सम्पूर्ण देशवासीलाई अपिल गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सम्पन्न सर्वदलीय बैठकले सामाजिक सद्भाव र शान्तिका लागि अपिल गर्दै आवेग र मुठभेडले समस्या […]