गणेशमानको आदर्श आत्मसात् गर्न कांग्रेसलाई थापाको आह्वान

काठमाडौँ, असोज २ गते ।  नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहले देखाउनुभएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने बताउनुभएको छ । गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार श्रद्धाञ्जली व्यक्त गर्दै सभापति थापाले लोकतन्त्रका लागि जीवन समर्पण गर्नुभएका सिंहको योगदान स्मरण गर्दै उहाँका आदर्शलाई संगठन […]

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्लेको उच्चस्तरीय भेटघाट

काठमाडौँ, असोज २ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटघाट गर्दै हुनुहुन्छ । तीनदिने भ्रमणका लागि उहाँ बिहीबार भारत प्रस्थान गर्नुभएको थियो । बिहीबार नै उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले आज शुक्रबार विभिन्न कार्यक्रममा सहभागी […]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

ललितपुर, असोज १ गते ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेसले जनाएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले अनुरोध गर्नुभएको छ ।

कर्णालीका पूर्वमन्त्री हिमबहादुर शाहीको निधन

पञ्चकोशी (दैलेख), असोज १ गते । नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको उपचारका क्रममा निधन भएको छ । हृदयाघात भएपछि उपचारका लागि प्रदेश अस्पताल कालागाउँमा भर्ना गरिएका शाहीको बुधबार राति १० बजे उपचारकै क्रममा निधन भएको उहाँका छोरा गणेशकुमार शाहीले बताउनुभयो । चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ निवासी शाही ८० […]

आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ, भदौ ३१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार शीर्ष नेतृत्वबिच सर्वदलीय बैठक बस्ने भएको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ।

विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौँ, भदौ २९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः०० बजे सुरु भएको छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्यहरु डा विक्रम तिमिल्सिना र अच्युतम लामिछाने तथा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका […]

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौँ, भदौ २८ गते ।  पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा (एमाले) का नेता आवासीय बैठकमा व्यस्त छन् । गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयलगायतको समीक्षा गरेर पार्टी र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनः गठनका लागि सुझाव दिन गठित सो कार्यदलमा रहेका पदाधिकारी […]

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, भदौ २५ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) […]

पोखराबाट लेखनाथ छुट्याउन विशेष नगरसभा माग

लेखनाथ, भदौ २५ गते ।  गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा महानगरपालिकासहित कास्कीमा पाँच वटा मात्र स्थानीय तह छन्। साविक लेखनाथ नगरपालिका र आसपासका गाविसलाई मिलाएर बनाइएको पोखरा महानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठुलो महानगरपालिका हो। अहिले यही महानगरपालिकाबाट साविक लेखनाथ नगरपालिका छुट्याउन अभियान सञ्चालन भइरहेको छ। अभियानकै क्रममा पोखरा महानगरपालिकाबाट लेखनाथ छुट्याउने निर्णय गर्न माग गर्दै […]

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ, भदौ १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले बिहीबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक बस्न लागेको जानकारी दिनुभयो । सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले बताउनुभयो ।

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ