देउवा नेतृत्व कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने

ललितपुर , माघ ३ गते ।  शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज  शनिबार बिहान ८ बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको बैठक आज २०८२ माघ ३ गते शनिबार बिहान ८ः०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हाे । […]

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काठमाडौं , माघ २ गते । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गरेको थियो । विशेष महाधिवेशनबाट भएको निर्णय […]

भूकम्पलगायत विपद्का कारण हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान

काठमाडौँ, माघ २ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पलगायत विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न आह्वान गर्नुभएको छ । २८ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विपद् जोखिम न्यूनीकरणसम्बन्धी आवश्यक कार्यलाई संस्थागत, दीगो र परिणामुखी बनाउन सरकारका तर्फबाट योजनाबद्ध प्रयत्न जारी रहने बताउनुभयो । मन्त्री अर्यालले […]

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा

काठमाडौँ, माघ २ गते । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार शुक्रबार साँझ बैठक बसेको हो । नियमित कार्यसूची अनुसार नै बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक प्रचण्ड

चितवन, माघ २ गते। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको  उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरी हल्ला थियो। तर […]

यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

काठमाडौँ, माघ २ गते ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ । आयोगले तय गरेको ‘प्रतिनिधिसभा […]

राउटे प्रतिनिधित्वसम्बन्धी प्रस्ताव पारित

दैलेख, माघ २ गते  । राउटे समुदायलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष प्रतिनिधित्व गराउने उद्देश्यले गुराँस गाउँपालिकाको गाउँ सभामा दर्ता भएको जरुरी सार्वजनिक महìवको प्रस्ताव पारित गरिएको छ । गुराँस गाउँ सभाको १७ औँ (हिउँदे) अधिवेशनमा गाउँपालिका सरकारका प्रवक्ता तथा गुराँस गाउँपालिका–८ का वडाध्यक्ष दीपेन्द्रबहादुर ओलीले पेस गर्नुभएको सो प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको गुराँस गाउँपालिकाले जानकारी दिएको […]

निर्वाचन कार्यालयद्वारा छलफल

बनेपा (काभ्रेपलाञ्चोक), माघ २ गते   ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा रहेका सरोकारवाला निकायसँग छलफल सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले आगामी निर्वाचनलाई लक्षित गर्दै हालसम्म भएका गतिविधिकाबारेमा जिल्लास्थित सरोकारवाला निकायलाई जानकारी गराएको हो । जिल्ला निर्वाचन अधिकारी दिनेश सिवाकोटीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान […]

हाम्रा चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछन्ः सभामुख

काठमाडौँ, माघ १ गते ।  सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता हाम्रा चाडपर्वले आपसी मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लोकतान्त्रकि मूल्य र सहअस्तत्विको भावनालाई थप सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा बिहीबार स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र […]

‘निर्वाचनको माहोल बनिसक्यो’ एकै चरणमा निर्वाचन हुने

कल्याणपुर (सप्तरी), पुस ३० गते । गृहमन्त्री ओमप्रकाश आर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माहोल बनिसकेको बताउनुभएको छ । उहाँले निर्वाचनसम्बन्धी सबै तयारी अगाडि बढिसकेको र राजनीतिक दलहरू पनि निर्वाचनको गतिविधिमा लागिसकेकाले निर्वाचन एकै चरणमा निर्बाध रूपमा सम्पन्न हुने बताउनुभयो । बुधबार हुने मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन आउनुभएका गृहमन्त्री अर्याल मङ्गलबार जनकपुर […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल