alliance khabar

शनिबार, चैत्र २१, २०८२

काठमाडौँ, चैत २१ गते ।

नेपाली कांग्रेसले सङ्गठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन जरा अभियानको घोषणा गरेको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी एक महिने जरा अभियान सञ्चालन गरिने भएको हो । कांग्रेसले ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिका लागि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण आयोजना गरेको छ ।

महामन्त्री पौडेलले २०८३ वैशाख १ गतेदेखि एक महिने जरा अभियान सञ्चालन गर्ने बताउनुभयो । उहाँले अभियानअन्तर्गत व्रिmयाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीको सांगठनिक गतिविधिको विश्लेषण गर्ने, जनतासँग, युवासँग र पार्टी बाहिरका शुभेच्छुकसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सामाजिक र सिर्जनात्मक अभियान सञ्चालन गर्ने तथा स्थानीय सरकार सञ्चालन र आगामी बजेट निर्माणसँग सम्बन्धित मार्ग निर्देशन एवं सहजीकरण गर्नु जरा अभियानको उद्देश्य रहेको छ ।” कार्यव्रmममा युवा नेता प्रताप पौडेलले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पारित गरेको विधानका सम्बन्धमा, खटिने प्रतिनिधिको कार्यविधि र प्राविधिक विषयका पक्षमा जानकारी गराउनु भयो ।

महाधिवेशनको कार्यतालिका 

कांग्रेसले केन्द्रीय प्रतिनिधिको अभिमुखीकरण गरेसँगै १५ औँ महाधिवेशनको कार्यतालिका अनुसारको काम सुरु भएको छ । महामन्त्री पौडेलले महाधिवेशनको कार्यतालिका अनुसार जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएको बताउनुभयो ।

उहाँले जिल्लामार्फत छ हजार ७४३ वटै वडामा प्रतिनिधि खटाइने र २०८३ वैशाख १ देखि वैशाख मसान्तसम्म एक महिनाको अवधिमा सदस्यता अद्यावधिक गरिने बताउनुभयो । उहाँले वैशाख महिनाभित्रमा केन्द्रदेखि प्रत्येक तहका पार्टी सदस्य आफ्नो सम्बन्धित वडामा स्वयं उपस्थित भइ आफ्नो सदस्यता अद्यावधिक गर्नु पर्ने र यसरी सदस्यता अद्यावधिक गरिएका सदस्यले मात्र कांग्रेस आइडी प्राप्त गर्नेछन् र १५ औँ महाधिवेशनमा भाग लिन पाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल