काठमाडौँ, माघ १२ गते । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस बनेको छ । यसअघि नेकपा (माओवादी केन्द्र) सबैभन्दा ठुलो दल थियो । १७ जना सदस्य हुँदा सबैभन्दा ठुलो दल बनेको माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग एकता गरेपछि बनेको नेपाली कम्युनिस्ट पार्टीका सदस्य सङ्ख्या राष्ट्रिय सभामा २५ पुगेको थियो […]
घोराही, माघ ११ गते । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा आइतबार बिहान ११ बजेसम्म एक सय ६१ जनाले मतदान गरेका छन् । बिहान ११ बजेसम्म प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख एक सय नौ जना गरेर एक सय ६१ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिनुभएको छ […]
मकवानपुर, माघ ११ गते । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा आइतबार निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ । दुई वटा मतदान केन्द्र रहने उक्त मतदानस्थलमा प्रदेश सभाका सदस्यका लागि (क) मतदान केन्द्र र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि […]
पश्चिम नवलपरासी, माघ ११ गते । नेकपाका प्रभावशाली नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक नयाँ निर्वाचन क्षेत्र र नयाँ योजनाका साथ जनताको घरदैलोमा पुग्नुभएको छ । यसअघि बागलुङबाट पटक–पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति जनाउनुभएका पौडेल यसपटक पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट […]
लेखनाथ, माघ ८ गते। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी देशैभर भइरहेको छ। यसै क्रममा कास्कीमा चुनावी आचारसंहिता पालनमा कठाइ गर्न थालिएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको कास्कीका कार्यालय प्रमुखहरुको बैठकले सबै कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा कर्मचारी एवम् सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सामाजिक सञ्जालमा पूर्ण रुपले आचारसंहिता पालना गराउने निर्णय […]
काठमाडौँ, माघ ८ गते। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। राष्ट्रियसभा सदस्यसमेत रहनुभएका उहाँले आज पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ। कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि पौडेलल मुख्यसचिव पदबाट राजीनामा दिनुभएको हो। तत्कालीन महामन्त्री गगनकुमार थापाको सभापतित्वमा यही माघ १ गते नयाँ कार्यसमिति सर्वसम्मत रुपमा […]
काठमाडौँ, माघ ८ गते । राजनीतिक दलका नेता फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न जुटेका छन् । निर्वाचनमा जनताको मत आफ्नो पक्षमा पार्न दलका नेता पार्टी कमिटीका सुझावसहित विषयविज्ञ राखेर घोषणापत्र तयार गर्न गृहकार्यमा लागेका हुन् । भ्रष्टाचार नियन्त्रण, सुशासन, संविधान संशोधन, देशमै रोजगारीलगायत मुद्दा केन्द्रमा राखेर दलहरूले घोषणापत्र ल्याउने […]
म्याग्दी, माघ ८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर म्याग्दीमा चुनाव लड्न आउनुभएका डा.महावीर पुन जिल्लाको ग्रामीण वस्तीमा पुगेका किताब बिक्री गर्दै मतदातासँग भेटघाट थाल्नुभएको छ । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो उम्मेदवार दर्ता गरेसँगै उहाँ जिल्लाको पश्चिम भेग तिर लाग्नुभएको थियो । उहाँ जिल्लाका विभिन्न गाउँ–बस्तीमा पुग्दै मतदातासँग संवाद गर्नुका साथै […]
जनकपुरधाम, माघ ७ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलबार प्रदेशका आठै जिल्लामा शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मनोनयन दर्ता भएको छ । उम्मेदवारले सर्मथक र प्रस्तावका साथ निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन पुुगेका विभिन्न दलका उम्मेदवारले गणतन्त्रको सुदृढीकरणका साथसाथै संविधानलाई सही ट्र्याकमा ल्याउन र देशको […]
काठमाडौँ, माघ ७ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् । विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा […]