alliance khabar

बुधबार, जेठ ०६, २०८३

अर्घाखाँची, जेठ ६ गते । 

अर्घाखाँचीको पाणिनि गाउँपालिका लुम्बिनी प्रदेशमै सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ भने अर्घाखाँची जिल्लामा पहिलो बनेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार पाणिनि गाउँपालिकाको बेरुजु ०.०३ प्रतिशत रहेको छ । एक अर्ब ५४ करोड ८९ लाख ८२ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा गाउँपालिकाको बेरुजु चार लाख ८२ हजार रुपियाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सामूहिक प्रयास, योजनाबद्ध खर्च प्रणाली र आर्थिक कार्यविधिको पूर्ण पालना गरिएकै कारण यस्तो नतिजा सम्भव भएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताउनुभयो ।

अर्घाखाँचीका अन्य स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकाको बेरुजु सबैभन्दा बढी देखिएको छ । सन्धिखर्क नगरपालिकाको बेरुजु ०.५१ प्रतिशत रहेको छ भने शीतगङ्गा नगरपालिकाको ०.४१ प्रतिशत, भूमिकास्थान नगरपालिकाको ०.१२ प्रतिशत र मालारानी गाउँपालिकाको ०.३० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

छत्रदेव गाउँपालिकाको बेरुजु ०.१८ प्रतिशत रहेको छ । यो अङ्कका आधारमा छत्रदेव गाउँपालिका लुम्बिनी प्रदेशका कम बेरुजु हुने स्थानीय तहमध्ये छैटौँ स्थानमा परेको छ ।

यस्तै गुल्मीको धुर्कोट गाउँपालिकाले शून्य बेरुजु कायम गर्दै लुम्बिनी प्रदेशमै पहिलो स्थान हासिल गरेको छ । एक अर्ब ३८ करोड ६७ लाख ५१ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा धुर्कोट गाउँपालिकाको बेरुजु शून्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

लेखा परीक्षणका क्रममा कानुन अनुसार पूरा गर्नुपर्ने प्रक्रिया नपु¥याई गरिएको कारोबार, राख्नुपर्ने लेखा नराखिएको अवस्था वा अनियमित तथा बेमनासिब ढङ्गले गरिएको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल