alliance khabar

बुधबार, भाद्र १०, २०८३

काठमाडौं , भदाै १० गते । 

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन बुढानीलकण्ठ नगरपालिकाले १५ लाख ७२ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

नगरपालिकाको २०८३ भदौ १० गते बसेको बैठकले नगरपालिकाका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

विपद्को कठिन परिस्थितिमा बाढी प्रभावित नागरिकप्रति ऐक्यबद्धता, मानवीय संवेदना र सामाजिक उत्तरदायित्व व्यक्त गर्दै नगरपालिकाले राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

त्यस्तै, प्रभावित क्षेत्रमा आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा सरोकारवाला संस्थासँग आवश्यक समन्वय र सहकार्य गर्ने निर्णयसमेत गरिएको छ।

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी थप सहयोग आवश्यक परेमा बुढानीलकण्ठ नगर अस्पतालको Rapid Response Medical Team (RRT) पूर्ण रूपमा परिचालन गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ।

नगरपालिकाले भोटेकोशी बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत र पुनर्स्थापनाका लागि सबै पक्षलाई प्रभावकारी समन्वय तथा सहकार्यमा जुट्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ