काठमाडौं, मङ्सिर २२ गते । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उहाँले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुसँग श्रम समस्याका विषयमा छलफल गर्ने क्रममा यस्तो निर्देशन दिनुभएको छ। यसै सन्दर्भमा उहाँले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो […]
काठमाडौँ, मङ्सिर २२ गते । स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो […]
काठमाडौँ, मङ्सिर २२ गते । नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारी र बैङ्कमा खाता रहेका ग्राहकलाई ललितपुरको ज्वागलमा अवस्थित क्युरा हेल्थ प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैङ्कका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्युरा हेल्थ प्रालिका तर्फबाट प्रबन्धक शीतलप्रसाद पोखरेलले हस्ताक्षर गर्नुभयो । […]
काठमाडौँ, मङ्सिर २२ गते । सार्वजनिक संस्थानमा गरिएको करिब ४७ अर्ब रुपियाँ सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकिएको छैन । राज्यको लगानी कता गयो भन्ने सम्बन्धमा दुई पक्षका कागज मिल्दैनन्, रकम कसरी तलमाथि भयो […]
विराटनगर, मङ्सिर २२ गते । कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षासँगै अब औपचारिक रूपमै योग शिक्षालाई विस्तार गर्न थालेको छ । विश्वविद्यालयले समुदायस्तरमै पुगेर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित ‘स्कुल अफ एप्लाइड हेल्थ साइन्स’ को अवधारणाअन्तर्गत योग शिक्षालाई प्राथमिकताका साथ अघि बढाएको हो । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी […]
म्याग्दी, मङ्सिर २२ गते । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्राअवधि छोटिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला)सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । करिव १३ किलोमिटर दुरीको सडकमध्ये […]
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर २२ गते । आँखैमा निलगिरि र तिलिचो हिमाल, ढुम्बा तालसहितको आकर्षक दृष्यहरू ठोकिन्छ । गाउँको शिरानमा धार्मिक गुम्बा र ऐतिहासिक प्राकृतिक गुफाहरू लस्करै छन् । माटोका छाना भएका परम्परागत घरहरू । अल्पसङ्ख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहनका साथै कृषि तथा पशुपालनको ग्रामीण जीवनशैली । पर्यटकीय जिल्ला मुस्ताङको सदरमुकाम नजिकै रहेको घरपझोङ गाउँपालिका–३ […]
नेपालगन्ज, मङ्सिर २२ गते । बाँकेको नरैनापुर गाउँपालिकामा बढ्दो प्रशासनिक अराजकता, अपारदर्शिता र मनपरी निर्णय रोक्न स्थानीय नागरिक समाज, जेनजी युवाहरू तथा सरोकारवालाले प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापन–पत्र बुझाएका छन् । ज्ञापन पत्रमा पालिकाभित्र देखिएका विभिन्न प्रकारका बेथितिहरुमा तत्काल सुधारको माग गरिएको छ । नागरिक समाजका अगुवा गुफरान अली शाहका अनुसार विकास, प्रशासनिक सेवा […]
महेन्द्रनगर, मङ्सिर २२ गते । एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु. एक लाख ५० हजार आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किनुभयाे । “एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष दिनमै घर फर्किए ।” रानाले भन्नुभयो, […]
सल्यान, मङ्सिर २२ गते । रोकिराखेको बस ब्याक गर्ने क्रममा ब्रेक फेल भएर दुर्घटना हुँदा चालक घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका–७ कोटबारामा सोमबार बिहान भएको बस दुर्घटनामा ३५ वर्षीय चालक लालसिंह बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बिहान करिब ७ः३० बजे रोकेर राखिएको ना. ४ ख.६२३२ नम्बरको खाली बस […]