कालीकोट, भदौ ३१ गते । जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटले सुपथ मूल्य पसल सुरु गरेको छ । दशैँ नजिकिँदै गरेकाले सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको हो । जिल्लाको सबै नगरपालिका र गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापर कम्पनी लिमिटेडको कार्यालय कालीकोटबाट आइतबार सूचना गरी सोमबारबाट सहुलियत […]
रेसुङ्गा(गुल्मी) भदौ, ३१ गते । पछिल्लो समय गुल्मी अस्पतालप्रति नागरिकमा भरोसा बढेको छ । अस्पतालकै अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ७२ हजार ८७९ जनाले सेवा पाएका थिए । सेवाको गुणस्तरियता र विश्वासका कारण सेवा प्राप्त गर्नेको सङ्ख्या २०८१/०८२ मा ७८ हजार २५४ पुग्यो । यो एउटा स्वास्थ्य क्षेत्रमा पलाएको नयाँ आशा हो । कुनै समय […]
धम्बोझी (बाँके), भदौ ३१ गते । जेनजीको आन्दोलनको फाइदा उठाउँदै लुटपाट र सार्वजनिक सम्पत्ति चोरी गर्नेलाई बाँके प्रहरीले खोजी गर्न सुरु गरेको छ । आन्दोलनका क्रममा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरुको खोजी भइरहेको बेला बाँके प्रहरीले पनि सक्रियता बढाएको छ । आन्दोलनका क्रममा कार्यालय तथा सार्वजनिक सम्पत्तिको लुपाट, तोडफोडसँगै आगजनी गरी नष्ट […]
काठमाडौँ, भदौ ३१ गते । समग्र बिमा क्षेत्रकै नियमन गर्ने सरकारले आफ्नामातहतका संरचना र पूर्वाधारको बिमा नगर्दा यतिबेला अर्बौं रुपियाँको नोक्सानी हुने देखिएको छ । नेपालमा हालै भएको ‘जेनजी आन्दोलन’ का कारण सरकारी संरचनामा ठुलो क्षति भएको छ । ती संरचना बिमाको दायराभित्र नपरेकाले सरकारले अर्बौं रुपियाँको नोक्सानी बेहोर्नुपर्ने भएको छ । निजी क्षेत्रले बिमाबाट […]
काठमाडौँ, भदौ ३० गते। नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गर्नुभएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उहाँले पदबहाली गर्दै यो विषंम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो। “परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो”, महान्यायाधिवक्ता बरालले भन्नुभयो, “यो विषम परिस्थिति छ, सबैले […]
काठमाडौँ, भदौ ३० गते। राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा काठमाडौँको सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले दीप प्रज्वलन गरेको हो। सिजपका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ, साझेदार संस्था सेभ […]
काठमाडौँ, भदौ ३० गते । मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । असोज १ गते बुधबार सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने निर्णय गरेको उहाँको भनाइ छ ।
काठमाडौं, भदौ २९ गते । राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) का सदस्य डा. सूर्यप्रसाद शर्मा ढुङ्गेलले पदबाट राजीनामा दिनुभएको छ। उहाँले राष्ट्रपतिलाई सम्बोधन गरिएको पत्रमार्फत विद्यमान असामान्य राजनीतिक परिस्थितिमा आयोग प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै पद त्याग गर्नुभएको हो। संविधानको धारा २४८ अनुसार नियुक्त भएका ढुङ्गेलले संविधान, कानुन र अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुसार मानव […]
धनगढी, भदौ ३० गते। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनको क्रममा घटेको घटनाबाट सृजित मुलुकको वर्तमान अवस्थामा एकजुट भइ पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको छ। संसदीय दलका नेता एवम् मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको दलको बैठकले पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको हो। कांग्रेस संसदीय दलले जेनजी युवाले उठाएको भ्रष्टाचारमुक्त समाज निर्माण, भ्रष्टाचारीलाई […]
काठमाडौँ, भदौ ३० गते। नवनियुक्त ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिनुभएको छ। सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो। “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल […]