पोखरा (कास्की), माघ १४ गते । पोखरामा १४ लाख नगद चोरी गरेर फरार रहेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रुपन्देही देवदह नगरपलका वडा नं. १० घर भएका वर्ष २२ का ईश्वर श्रेष्ठ र स्याङ्जा भीरकोट नगरपालिका वडा नं. ३ घर भएकी वर्ष २९ की पुजा श्रेष्ठलाई पक्राउ गरेको हो। इलाका प्रहरी […]
सूचना प्रविधिको विकासले हाम्रो जीवनलाई चामत्कारिक सुविधा दिएको छ । साथै बैङ्किङ क्षेत्रमा पनि कारोबारको भुक्तानीमा चामत्कारिक परिवर्तन आएको छ । भौतिक मुद्राको प्रयोग न्यूनीकरण हुँदै गएको र विद्युतीय कारोबार अर्थात् डिजिटल कारोबार बढ्दै गई जनजीवन अत्यन्त सुविधाजनक हुन पुगेको छ । यद्यपि भुक्तानीमा आएको यो सुविधासँगै धेरै खाले जोखिम पनि देखिएका छन् । जसलाई न्यूनीकरण गर्नु चुनौतीपूर्ण हुँदै […]
घोराही (दाङ), माघ १३ गते । कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु ७१ लाख मात्र राजस्व सङ्कलन गरेको छ । नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । “भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट […]
तुलसीपुर, माघ १३ गते । तुलसीपुरमा रहेको एनएमबी बैङ्कको शाखामा चोरी गर्न गएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान दुई बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ क लाइनमा रहेको बैङ्कमा चोरी भइरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो । इलाका प्रहरी कार्यालय प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोदराज खत्रीको नेतृत्वमा पुगेको टोलीले उनलाई पक्राउ गरेको […]
संसारका हिन्दु मन्दिरमध्ये ‘पद्मनाभ स्वामी’ को मन्दिर निकै प्रसिद्ध छ । ‘पद्मनाभ स्वामी’ भगवान् विष्णुको एक नाम हो । यस मन्दिरको अर्को नाम ‘अनन्तशयनम्’ पनि हो । भगवान् विष्णुका १०८ उल्लेख्य मन्दिरमा पद्मनाभ मन्दिर पनि पर्छ । तिरुवनन्तपुरम् भारतको केरल प्रदेशस्थित त्रिवेन्द्रम्मा यो मन्दिर रहेको छ । त्रिवेन्द्रम्को पुरानो नाम तिरुवनन्तपुरम् हो । तिरुवनन्तपुरम् उहिले ‘त्रावणकोर’ देशको राजधानी थियो । तिरुवनन्तपुरम्लाई पहिले […]
बागलुङ (ढोरपाटन), माघ १३ गते । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका हुन् । बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन् । विसं २०७७ देखि ‘चासो कृषक समूह’ले […]
काठमाडौँ, माघ १३ गते । काठमाडौँ उपत्यकाका विभिन्न सडक किनारमा पाँच वर्षअघि जडान गरिएका ‘फायर हाइड्रेन्ट’ हालसम्म सञ्चालन हुन सकेका छैनन् । अहिलेसम्म ‘फायर हाइड्रेन्ट’ लाई मेलम्चीको पानी वितरण प्रणालीमा समेत जडान गर्न सकिएको छैन । मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने भन्दै काठमाडौँ उपत्यकाभित्रका सडक किनारमा ‘फायर […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला, होसीयारी पूर्वक गर्नुहोला । यातायातका साधनबाट पनि जोगिनु होला । वृष ( इ, उ, ए, ओ, वा, […]
काठमाडौँ, माघ १२ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गर्नुभएको छ । मन्त्रालयमा मन्त्री भण्डारी र नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हस्मीबिच शुक्रबार भएको शिष्टाचार भेटमा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई बढावा दिन चाहेकाले पाकिस्तान सरकारलाई पनि उहाँले सो आग्रह गर्नुभएको उद्योगमन्त्रीको सचिवालयले जनाएको छ […]
काठमाडौँ, माघ १२ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको शनिबार निर्वाचन हुँदै छ । अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले विद्यार्थी नेतृत्व […]