काठमाडौँ , फागुन २५ गते । आज नेपाली शेयर बजारका लगानीकर्ताहरू उत्साहित हुँदा बजारको पसिूचकमा उच्च वृद्धि भएको छ । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि शेयर बजारका लागानीकर्ताहरु उत्साहित हुँदा बजारको कारोबारमा उच्च वृद्धि भएको र लगानकिर्ताहरु पनि लगानीका लागि उत्साहित भएको देखिएको छ । निर्वाचनको मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएको देखिएको छ […]
गोरखा , फागुन २५ गते । गोरखामा फागुन २१ गते भएको निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ विजयी हुनुभएको छ । गुरुङले २९९०० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेम कुमार खत्रीले १५२४६ मत प्राप्त गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका हरिराज […]
काठमाडौँ , फागुन २५ गते। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले आज सपथ लिनुभएको छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा विशेष समारोहका बिचमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नव निर्वाचित सदस्यहरूलाई शपथ गराउनुभएको हो । यही फागुन २० मा कार्यकाल सकिएका राष्ट्रिय सभाका १९ सदस्यका लागि गत माघ ११ गते भएको निर्वाचनबाट १८ जना निर्वाचित हुनुभएको थियो […]
काठमाडौं, फागुन २४ गते। ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समिति अध्यक्ष प्रमिला ढुङ्गानाको अध्यक्षतामा “सबै महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने नाराका साथ काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रमकाे प्रमुख […]
काठमाडौँ, फागुन २४ गते । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक सय ६५ क्षेत्रमध्ये १४ क्षेत्रमा नारी विजयी भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १३ र नेपाली कांग्रेसका एक गरी जम्मा १४ महिला विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल उम्मेदवार […]
मकवानपुर, फागुन २४ गते । नेकपा (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखेरेलले पार्टी सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजय र पार्टी गतिविधिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । उहाँले आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्न वर्तमान यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनुपर्ने भन्दै अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । पोखरेलले सामाजिक सञ्जाल फेसबुकबाट […]
भोजपुर, फागुन २४ गते । भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शेरधन राईलाई एक हजार ९१३ मतान्तरले पराजित गर्नुभएको हो। ध्रुवराज राईले १६ हजार ६६३ मत पाउँदा उहाँका प्रतिस्पर्धी शेरधन राईले १४ हजार ७५० मत प्राप्त गर्नुभएको छ। तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका बालकृष्ण […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छ्याउने उचित समय छ, प्रयास गर्नुहोला । पढाइमा भने आज खासै प्रगति नहोला । वृष […]
काठमाडौँ, फागुन २४ गते । काठमाडौँ–५ मा सम्पन्न निर्वाचनको परिणामपछि गतिशील लोकतान्त्रिक पार्टीकी सङ्घीय समिति सदस्य तथा महिला विभाग प्रमुख तथा अभिनेतृ निशा अधिकारीले मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत अभिनेतृ अधिकारीले काठमाडौँ–५ का सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै लोकतन्त्रमा चुनाव जित/हारको प्रतिस्पर्धा मात्र नभई विचार, एजेन्डा र विश्वासको अभ्यास पनि भएको कुरा उल्लेख […]
बागलुङ (गलकोट) फागुन २४ गते । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ । ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको र २२ जना बुर्तिबाङ अस्पतालमा भर्ना भएर उपचाररत भएकाले थप सर्तकता अपनाउनका लागि आगमी २७ गतेसम्म बिद्यालय बन्द गरिएको ढोरपाटन नगरपालिकाका नगर शिक्षा अधिकारी पुष्पक दाहालले जानकारी […]