जुम्ला, कात्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको बेला सुरु गरेको भ्रष्टाचार विरोधी अभियान निरन्तर अघि बढ्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र जुम्लाले खस भाषा र सभ्यताको केन्द्र सिञ्जा कनकासुन्दरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो अभियान नरोकिने बताउनुभएको हो […]
काठमाडौँ, कात्तिक ५ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयकोको जिम्मेवारी सम्हालेको सय दिनमा लक्ष्य अनुसार काम गर्न सकेको बताउनुभएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयको आन्तरिक व्यवस्थापनका साथै दुग्ध तथा उखु किसानहरूले पाउनुपर्ने रकमको उपलब्ध गराउने सहितका काम गरेको बताउनुभएको हो । नीतिगत सुधारका केही कामहरू पनि थालनी […]
तम्घास, कात्तिक ५ गते : जेठ महिनाबाट कालीगण्डकी नदीमा बन्द रहेको स्टिमर सेवा पुनः सुरु भएको छ । वर्खायामको समयमा पानीको बहाव बढेका कारण स्याङ्जाको आधीमुहान मिर्मीदेखि सेतीवेणीसम्म स्टिमर सेवा बन्द रहेको थियो । कालीगण्डकी नदीमा बन्द रहेको स्टिमर सेवा कात्तिकको पहिलो साताबाट सुचारु भएको शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो । गुल्मी खण्डको […]
रौतहट, कात्तिक ५ गते : काटेर खेतमै सुकाएको धान शनिबार राति परेको पानीले डुबाएपछि रौतहटका किसान चिन्तित भएका छन् । दसैँ सकिएसँगै उत्साहका साथ धान भिœयाउन जुटेका किसानको धान काटिसकेपछि एक्कासि डुबानमा प-यो । चन्द्रपुर नगरपालिका–६ का किसान रमेश कोइरीको १० कट्ठामा लगाएको धान खेतमै डुबेको छ । उहाँ भन्नुहुन्छ, “भकारीमा पुग्नुपर्ने धान खेतमै डुबेपछि धान पाँजामै उम्रने […]
बुटवल, कात्तिक ५ गते : आउँदै गरेको तिहारका लागि रुपन्देहीका महिलाले खेती गरेको फूल तयार भएको छ । तिलोत्तमा नगरपालिका–१, नयाँ मिलमा महिलाले लगाएको फूल तिहार नजिकिँदै गर्दा टिपेर माला उन्न तयार भएको हो । तिलोत्तमा देउराली पुष्प समूह गठन गरेर दुई वर्षदेखि महिलाले व्यावसायिक फूल खेती गर्न थालेका हुन् । समूहकी अध्यक्ष सीता पाठकले भन्नुभयो, “गत वर्ष साढे […]
काठमाडौँ, कात्तिक ५ गते : अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा सोमबार बिहान भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले हराउँदै सिरिजमा ‘क्लिन स्विप’ गरेको हो । यससँगै नेपालले सिरिज ३–०ले जितेको छ । नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । रोमाञ्चक दोस्रो खेलमा नेपालले […]
तनहुँ, कात्तिक ५ गते : दसैँ सकिएसँगै तनहुँका गाउँबस्ती विस्तारै सुनसान हुँदै गएका छन् । दसैँ मनाउन बिदामा गाउँ आएका आआफ्नो कार्यक्षेत्रतिर फर्किएपछि गाउँबस्ती सुनसान देखिएका हुन् । अध्ययन, रोजगार तथा विभिन्न कामले बजार क्षेत्रमा बस्दै आएका दसैँ मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै गाउँ आएका धमाधम बजार झर्न थालेपछि गाउँ सुनसान बन्न थालेको व्यास नगरपालिका–८ का […]
उर्लाबारी, कात्तिक ५ गते : भारतबाट अवैध रूपमा ल्याउँदै गरेको २ सय किलो मुङ्ग्री माछा मोरङको कानेपोखरी २ थारु चौकबाट प्रहरीले नियन्त्रणमा लिएको छ । रमाइलो प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मोहनकुमार प्रधान र कानेपोखरी गाउँपालिकाका नगर प्रहरीका इन्चार्ज युवराज भुजेलको संयुक्त टोली माछा बोकेर ल्याएका दुई वटा मोटरसाइकल सहित माछा नियन्त्रणमा लिएको हो ।नगर […]
नवलपुर, कात्तिक ५ गते : नेपाली भूमि भएर पनि सुस्ता भन्नेबित्तिकै भारतीय हेपाहा प्रवृत्तिविरुद्ध लडिरहेको एउटा सानो गाउँ भन्ने बुझिन्छ । यहाँका साढे तीन सय परिवार सधैँभरि सुस्ता बचाउन लडिरहे । नारायणी नदीमा पुल नहुँदा सुस्तावासीले आफ्नै भूमिमा आउजाउ गर्न पनि भारतीय भूमिको प्रयोग गर्नुपर्ने र जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुको विकल्प थिएन । त्यसमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) […]
ताप्लेजुङ, कात्तिक ४ गते । पछिल्लो तीन सातायता ताप्लेजुङका आधा दर्जन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ । अविरल वर्षासँगै गएको बाढीपहिरोले काबेली कोरिडोर प्रसारण लाइनमा क्षति गरेपछि विभिन्न आयोजनाका करिब ६५ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन ठप्प भएको हो । अविरल वर्षासँगै इलामको माईखोलामा आएको बाढीले काबेली कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर […]