alliance khabar

आइतबार, साउन १७, २०८३

काठमाडौँ, साउन १७ गते  । 

काठमाडौँ उपत्यकाका नदी किनार सार्वजनिक जग्गामा बसोबास गरेका सुकुमवासीलाई सम्बन्धित स्थानीय तहमा व्यवस्थापन गरिने भएको छ । काठमाडौँ उपत्यकाका सात होल्डिङ सेन्टरमा राखिएका ३८८ परिवारका एक हजार ४८८ जनालाई नागरिकताका आधारमा स्थायी बसोबासका लागि उनीहरूकै जिल्लाका स्थानीय तहमा जग्गा दिएर राखिने भएको हो ।

भूमि समस्या समाधान समितिका प्रमुख नापी अधिकृत एवं सूचना अधिकारी सञ्जीवकुमार साहले काठमाडौँमा बसोबास गर्ने सुकुमवासीलाई सम्बन्धित स्थानीय तहमा जग्गा दिने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबैको नागरिकताको स्थायी ठेगानाबमोजिम सम्बन्धित स्थानीय तहमा लगत सङ्कलन गरेर जग्गा दिएर व्यवस्थापन गर्ने तयारी छ । सम्बन्धित पालिकाको समन्वयमा सरकारी जग्गा वा निजी व्यक्तिको जग्गा पहिचान गरेर लालपुर्जा दिएर राख्ने तयारी छ ।”

तराईमा एक कट्ठा जग्गा दिइने

सरकारले तराईको ठेगाना भएका सुकुमवासीलाई प्रतिपरिवार एक कट्ठा र पहाडी र हिमाली जिल्लाका सुकुमवासीलाई डेढ रोपनी जग्गा दिने सूचना अधिकारी साहले जानकारी दिनुभयो । “बागमती सभ्यताले सबै विवरण हामीलाई पठाइसकेको छ । त्यो विवरणका आधारमा हामीले उहाँहरूको  सम्बन्धित जन्म स्थानमा निवेदन पठाएका छौँ । त्यो निवेदन त्यहाँ गएर दर्ता हुन्छ र दर्ता भएको नामको व्यक्तिको जग्गा छैन भन्ने कुरा पुष्टि भएपछि पालिकाले जग्गा उपलब्ध गराउन सम्भावित ठाउँ देखाउने छ,” उहाँले भन्नुभयो । सम्बन्धित स्थानीय तहले जग्गा देखाएपछि नापजाँचको प्रक्रिया अघि बढाएर लालपुर्जा दिएर राख्ने तयारी भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ