alliance khabar

आइतबार, साउन १७, २०८३

सिँजा (जुम्ला), साउन १७ गते  ।

जुम्लाको पातारासी गाउँपालिका–७ स्थित पट्मारागाउँमा महिलाले सञ्चालन गरेको होमस्टे ग्रामीण पर्यटनको आकर्षक केन्द्र  बन्दै गएको छ ।  स्थानीय संस्कृति, अर्गानिक खाना र प्राकृतिक सौन्दर्यको अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन् । झन्डै १८० घरधुरी रहेको गाउँमा हाल नौ घरमा होमस्टे सञ्चालन भइरहेको छ ।

२०७८ सालमा हातेमालो नामक संस्थाको सहयोगमा सुरु गरिएको होमस्टे कार्यक्रम सुरुमा छ घरबाट सञ्चालन गरिएको थियो । पर्यटकको आकर्षण बढ्दै गएपछि अहिले नौ घरमा सेवा विस्तार गरिएको छ । स्थानीय राजकली रावतका अनुसार होमस्टेमा आउने पाहुनालाई गाउँमै उत्पादन गरिएका अर्गानिक परिकार खुवाइन्छ । फापर, जौ र गहुँको रोटी, मकैको ढिँडो, सिस्नोको तरकारीलगायत स्थानीय परिकार खुवाउने गरेको उहाँको भनाइ छ । यही अर्गानिक खानाको स्वाद लिन विदेशी पर्यटकसमेत आउने गरेका छन् ।  होमस्टेमा खानाको स्वाद मात्र होइन, स्थानीय संस्कृति र परम्परासँग पनि पर्यटकलाई परिचित गराइन्छ । स्थानीय जैकली थापाका अनुसार पाहुनाका लागि देउडा नृत्य प्रस्तुत गरिन्छ । साथै पुरानो पहिरन, परम्परागत रहनसहन र पोते तथा जाले (गलामा लगाउने) जस्ता गहना लगाएर स्थानीय संस्कृतिको झल्को दिइन्छ । मौलिक संस्कृति देखेर पर्यटक निकै खुसी हुने गरेका छन् । स्थानीय कलसी बुढाका अनुसार पट्मारागाउँ रारा जाने सडकको छेउमा तथा खाली पाटनको नजिक अवस्थित छ । चारैतिर हरियाली वनपाखाले घेरिएको गाउँ प्राकृतिक रूपमा अत्यन्त मनमोहक  रहेको उहाँले बताउनुभयो ।

सहज सडक पहुँचका कारण यहाँ आउने पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको छ । महिलाको सव्रिmयतामा सञ्चालन भइरहेको होमस्टेले गाउँमा रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादन, संस्कृति र परम्पराको संरक्षणमा टेवा पु-याएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ