पहिरोमा ज्यान गुमाउनेका परिवारलाई दुई लाखका दरले राहत दिइने

पशुपतिनगर (इलाम), असोज २१ गते । इलामको सूर्योदय नगरपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपियाँका दरले राहत दिने भएको छ । नगरले बाढी पहिरोमा परी नगर क्षेत्रभित्र ज्यान गुमाउनेका परिवारलाई तत्काल दुई लाख रुपियाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो । नगरले एकै परिवारका थप सदस्यको ज्यान गएको भएमा प्रतिसदस्य थप […]

मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त

मुस्ताङ,  असोज २१ गते । यहाँका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । यहाँको तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन् । रैथाने बाली फापर यहाँको लोकप्रिय खाद्य बालीको रुपमा लिइन्छ । घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यवसायिक प्रयोजन तथा विदेशमा बस्ने आफ्ना […]

जुम्लामा भालुको आतङ्क, पाँच जना घाइते

जुम्ला, असोज २१ गते । जुम्लामा असोज महिनामा मात्र भालुको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । जुम्लाको गुठिचौर गाउँपालिका, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकामा छुट्टाछुट्टै भालुले आक्रमण गरेर मानिसलाई घाइते बनाएको हो । सोमबार बिहान १०ः४० बजे जुम्ला तातोपानी गाउँपालिका वडा ४ निवासी १८ बर्षीय दिपेन्द्र न्यौपानेलाई स्याउको बगैचामा गोडमेल गर्न गएको समयमा भालुले […]

विपी राजमार्गमा क्षति : बैकल्पिक मार्गमा यात्रा गर्नुपर्ने

बनेपा, असोज २० गते । अविरल वर्षासँगै आएको बाढी पहिरोबाट क्षति पुगेको विपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डतर्फको अस्थायी डाइभर्सन सडक तत्काल सञ्चालनमा आउन नसक्ने भएपछि यात्रुहरु मर्कामा परेका छन् । विपी राजमार्गको अस्थायी डाइभर्सन सडक बाढीले बगाएपछि पूर्वी पहाडी र तराईका जिल्ला जाने सवारी साधनहरु अरनिको राजमार्ग हुँदै लामो यात्रा गर्न बाध्य भएका हुन् । बाढीपहिरोले […]

बिपी राजमार्गको नेपालथोक-भकुण्डेबेसी सडक क्षतीग्रस्त

सिन्धुलीमाढी, असोज २० गते ।  पूर्वी नेपाललाई छोटो दुरीमा सङ्घिय राजधानीसँग जोड्ने जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको बीपी राजमार्गको नेपालथोक-भकुण्डेबेसी सडक खण्ड एक वर्षपछि फेरी उस्तै क्षतीग्रस्त बन्न पुगेको छ । दुई दिनअघि अबिरल वर्षासँगै रोसीखोलामा आएको बाढीले उक्त खण्डको करिब ३२ किलो मिटर लम्बाई सडकमध्ये करिब चार किलो मिटर अस्थायी डाईभर्सन सडक पूर्ण […]

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

काठमाडौँ, असोज २०  गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी […]

रसुवामा फसेका १२ को उद्धार, चारजनाको खोजी जारी

काठमाडौँ, असोज २० गते । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल उद्धार गरेको छ । असोज १७ गतेदेखि १९ गतेसम्म परेको लगातार वर्षाका कारण ड्यामसाइड इलाकामा पुगेका १६ जना स्थानीय र मजदुर समूह जोखिममा परेका थिए । तीमध्ये १२ जनालाई नेपाली सेनाको श्रीनाथ […]

अविरल वर्षातको प्रभाव : प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

काठमाडौँ,  असोज१९ गते । अविरल वर्षातका कारण देशका विभिन्न आठ  नदीले खतराको तह पार गरेका छन् ।  जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरुमा बाढीले खतराको तह पार गरेका हुन् । विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य […]

अविरल वर्षातको प्रभाव : प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

काठमाडौँ,  असोज१९ गते । अविरल वर्षातका कारण देशका विभिन्न आठ  नदीले खतराको तह पार गरेका छन् ।  जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरुमा बाढीले खतराको तह पार गरेका हुन् । विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य […]

अविरल वर्षाले वीरगञ्ज महानगरका अधिकांश क्षेत्रमा डुबानको समस्या

वीरगञ्ज (पर्सा),  असोज १९ गते । अविरल बर्सातले वीरगञ्ज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ । शनिबारदेखि परेको भारी वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च  देखिएको हो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लगातार वर्षाको कारणले महानगरमा विभिन्न स्थानमा डुबानको समस्या देखिएको जानकारी दिनुभयो । “लगातार ठूलो वर्षाको कारणले पानीको निकासको समस्या देखिएको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल