alliance khabar

शुक्रबार, मंसिर ०५, २०८२

काठमाडौँ, मङ्सिर ५ गते ।

 नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६४ पैसा र बिक्रीदर १४२ रुपियाँ २४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ १५ पैसा र बिक्रीदर १६३ रुपियाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ०७ पैसा र बिक्रीदर १८५ रुपियाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपियाँ ५० पैसा र बिक्रीदर १७६ रुपियाँ २५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ७६ पैसा र बिक्रीदर ९२ रुपियाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७४ पैसा र बिक्रीदर १०१ रुपियाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ३४ पैसा र बिक्रीदर १०८ रुपियाँ ८० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ र बिक्रीदर नौ रुपियाँ ०३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ९१ पैसा र बिक्रीदर १९ रुपियाँ ९९ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७७ पैसा र बिक्रीदर ३७ रुपियाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८६  पैसा र बिक्रीदर ३९ रुपियाँ ०२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३७ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५६ पैसा र बिक्रीदर ३८ रुपियाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ०८ पैसा र बिक्रीदर ३४ रुपियाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८४ पैसा र बिक्रीदर १४ रुपियाँ ९० पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८४ पैसा र बिक्रीदर २१ रुपियाँ ९४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १९ पैसा र बिक्रीदर १८ रुपियाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ८३ पैसा र बिक्रीदर ४६२ रुपियाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ७० पैसा र बिक्रीदर ३७७ रुपियाँ २९ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ९० पैसा र बिक्रीदर ३६९ रुपियाँ ४५  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल