alliance khabar

बिहिबार, मंसिर ०४, २०८२

काठमाडौँ, मङ्सिर ४ गते ।

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

प्रतिवेदन बुझ्दै मन्त्री खरेलले मन्त्रालयको आन्तरिक प्रयोजनका लागि समिति गठन गरिएको उल्लेख गर्दै प्रतिवेदनका आधारमा नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया अवरुद्ध नहुने स्पष्ट पार्नुभयो ।

“नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा प्रतिवेदन आफैले अवरोध गर्दैन, नेपाल टेलिकम कानूनको परिधिभित्र रहेर निर्णय गर्नका लागि स्वतन्त्र छ”, उहाँले भन्नुभयो । मन्त्री खरेलले बिलिङ खरिद प्रक्रियाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत चासो राख्दै पत्र प्राप्त भएकाले सन्दर्भ सामग्रीका रुपमा अध्ययन प्रतिवेदन तयार पारिएको बताउनुभयो । आफूले भर्खरै प्रतिवेदन प्राप्त गरेको र अध्ययनको चरणमै रहेको उहाँको भनाइ थियो । प्रतिवेदनले दिएका सुझावहरु आगामी दिनमा खरिद प्रक्रियाका लागि सहयोगी हुने मन्त्री खरेलले बताउनुभयो ।

छानबिन समितिका संयोजक पूर्वसचिव गेलालले यस अध्ययन प्रतिवेदनले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा भएका गोप्य बोलपत्र मूल्याङ्कनलाई प्रभावित नहुने स्पष्ट पार्नुभयो ।

“हामीले प्रतिवेदनमार्फत नेपाल टेलिकमले प्रतिष्पर्धी बजारमा आफूलाई स्थापित गराउन र सेवाग्राहीका व्यक्तिगत विवरणको गोपनीयता तथा सुरक्षाका सम्बन्धमा केही सुझाव पनि दिएका छौँ”, उहाँले भन्नुभयो ।

पूर्वसचिव गेलाल संयोजक रहेको छानबिन समितिको सदस्यहरुमा सहसचिवत्रय गौरव गिरी, आदेश खड्का र  कृष्ण पन्त, दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदीप पौडेल, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्धक डा. कमल लामिछाने र मन्त्रालयका उपसचिव राजेश थापा हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल