alliance khabar

बिहिबार, मंसिर ०४, २०८२

काठमाडौँ, मङ्सिर ४ गते।

 निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट मिति निर्धारण र मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत गरेको छ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुरा हुने मिति निर्धारण गरी मङ्सिर ५ गतेसम्म देशभरबाट सङ्कलित मतदातामध्ये फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताको नामावली मङ्सिर २० गते आयोगको वेबसाइटबाट प्रकाशित गरिने छ।

उहाँका अनुसार उक्त नामावलीमा कुनै त्रुटि भएमा सो सच्याउन, कसैले झुट्टा विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि मङ्सिर २१ देखि २७ गतेसम्म अनलाइन प्रणालीमार्फत वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिने छ।

सो अवधिमा प्राप्त गुनासा, उजुरी वा सूचनाका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी २०८२ साल पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल