मकवानपुर, माघ ६ गते । सडक पूर्वाधारको दिगो विकासलाई लक्षित गर्दै सडकका लागि कठोर पक्कीकरणको डिजाइन तथा निर्माण सम्बन्धी एकदिने तालिम कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ। मंगलबार नेपाल सिमेन्ट उत्पादक संघको आयोजनामा तथा आइपिटिएम नेपालको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो। नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ […]
काठमाडौँ, माघ ३ गते । बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको स्तरोन्नति हुने अवधि घटेको छ । अब बैङ्क तथा वित्तीय संस्थाले निष्क्रिय कर्जामा वर्गीकृत कर्जाको भाखा नाघेको सम्पूर्ण बक्यौता रकम भुक्तानी भई नियमित भएपछि तीन महिनापछि नै त्यस्तो कर्जा असल वर्गमा स्तरोन्नति गर्न पाउने भएका छन् । भाखा नाघेको बक्यौता रकम भुक्तानी भएपछि त्यस्तो कर्जालाई […]
काठमाडौँ, माघ ३ गते । काठमाडौँ महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ वटा सङ्घसंस्थाले आवेदन दिएका छन् । विभागले विभिन्न मितिमा आह्वान गरेको सार्वजनिक सूचनाबाट ३० प्रतिशत लागत सहभागिता जनाउनेगरी ती सङ्घसंस्थाले प्रस्ताव पेस गरेको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिनुभयो । गत पुस २२ गते अपाङ्गताका क्षेत्रमा […]
काठमाडौं, माघ १ गते । नेपाल बैङ्क लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैङ्क सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा बैंकको ६६ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वित्तीय विवरणहरू पारित गरेको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ […]
काठमाडौँ, पुस ३० गते। टोखाबाट यसवर्ष पाँच करोडभन्दा बढी मूल्य बराबरको चाकु बिक्री भएको छ। माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। टोखाका हाल १८ उद्योगले चाकु, लड्डुलगायत उत्पादन गर्दै आएका छन्। १८ उद्योगमध्ये १० उद्योगले चाकू उत्पादन र बाँकी ८ उद्योगले तिलको लड्डु, भूजाको लड्डुलगायतका परिकार बनाउँदै आएका छन्। टोखा नगरपालिका–२ […]
सर्लाही, पुस ३० गते । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ११ हिरापुर र वडा नं. १२ जियाजोरलाई जोड्ने लखन्देही खोलाको निर्माणाधीन पुलको काम बर्खाअघि नै सम्पन्न हुने भएको छ । खोलामा पुल नहुँदा वर्षौदेखि सास्ती खेप्दै आएका स्थानीय तीव्रताका साथ पुल निर्माण भइरहँदा खुसी देखिन्छन् । जियाजोरका दीपक थापाले पुल निर्माण भइरहँदा अब बर्खायाममा बाढी […]
काठमाडौँ, पुस २८ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ९७ पैसा र बिक्रीदर १४४ रुपियाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ५५ पैसा र बिक्रीदर १६८ रुपियाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ […]
काठमाडौँ, पुस २८ गते । पछिल्लो समय नेपालको समग्र आर्थिक तथा वित्तीय अवस्था क्रमशः सुधारोन्मुख देखिँदा निक्षेप र कर्जा दुवै खाताको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार चालु आवको पहिलो पाँच महिनामै निक्षेप खाता छ करोड १५ लाख नाघेको छ भने कर्जा खाता २० लाखभन्दा माथि पुगेको […]
काठमाडौँ पुस २८ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा साढे सात अर्ब प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म सात अर्ब ४७ करोड रुपियाँ लगानी भित्रिएको हो । गत आवको सो अवधिमा छ अर्ब तीन करोड रुपियाँ लगानी भित्रिएको थियो । […]
काठमाडौँ, पुस २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सेवा लिने यात्रुको सङ्ख्या दिन दुई गुणा, रात चार गुणाका दरले बढ्दै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) ८० लाख यात्रु हो । सन् २०२० देखि सन् २०२५ सम्मको अवधिमा बढेका हवाई यात्रुको चाप प्रत्येक वर्ष […]