पेरिसडाँडामा माओवादीको उपत्यका प्रदेश पदाधिकारी बैठक

काठमाडौँ, भदौ ८ गते । नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । शुक्रबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले धारणा राखिरहनुभएको छ । बैठक आज सम्पन्न हुने छ ।

तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतका युवा राज्यमन्त्री काठमाडौँमा

काठमाडौँ, भदौ ८ गते । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्न काठमाडौँ आइपुग्नुभएको छ । उहाँ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहनुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ […]

तनहुँ बस दुर्घटना : १६ शवको पोष्टमार्टम, आजै महाराष्ट्र पठाइने

नारायणगढ, भदौ ८ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका परी मृत्यु भएकामध्ये १६ शवको पोष्टमार्टम भएको छ । भरतपुर अस्पतालमा अहिलेसम्म १६ शवको पोष्टमार्टम भइसकेको जनाइएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले अस्पतालका फरेन्सी विज्ञ डा. कश्यप श्रेष्ठको नेतृत्वमा रहेको तीन सदस्यीय चिकित्सकहरुको टोलीले शवको पोष्टमार्टम […]

टिकटक खुला गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ ६ गते। सरकारले सर्तसहित टिकटक खुला गर्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो। सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको […]

स्थानीय तहमा बेथिति, मनोमानी खर्च गर्दा बेरुजु डेढ अर्ब

दैलेख, भदौ ७ गते । नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्ने भन्दा पनि आफू अनुकूल प्रशासन चलाउने र आर्थिक अपचलन गर्नेतर्फ उन्मुख हुँदा स्थानीय तहमा बेरुजु बढ्दै गएको छ । कानुनविपरीत सेवा सुविधा, अबन्डा बजेट, सवारीसाधन खरिद, इन्धन र मर्मत, कर्मचारी भर्ना, गुरुयोजना निर्माण, उपभोक्ता समितिमार्फत विकास निर्माणका काममा स्थानीय तहले मनलाग्दी […]

बरन्डाबाट लडेर वृद्धाको मृत्यु

हेटौँडा, भदौ ७ गते । हेटौँडामा लडेर शुक्रवार बिहान एक वृद्धाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौर स्थित ओम्याक्स हल अगाडि. बिहान चार बजे स्थानीय ७६ वर्षीया शंखमाया लामाको लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लामाको आफ्नै घरको दोस्रो तलाको बरन्डाबाट लडेर घटनास्थलमै मृत्यु भएको छ । […]

कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान सङ्कटमा पर्ने

नेपालगञ्ज (बाँके), भदौ ७ गते । सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ । तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान सङ्कटमा परेको संरक्षणकर्मीले बताएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा संरक्षित चराका […]

निजामती सेवा संशोधन विधेयक पारित

धनगढी, भदौ ७ गते । प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको छ । थारू÷रानाथारू समुदाय र सत्तापक्षकै केही प्रदेश सभा सदस्यको विरोधका बिच उक्त विधेयक पारित भएको हो । थारू/रानाथारू समुदायको समावेशी कोटाप्रति असन्तुष्टि जनाउँदै सत्तापक्ष नेपाली कांग्रेसका प्रदेश सभा सदस्य गीता चौधरी र नागरिक उन्मुक्ति पार्टीका […]

ट्याक्टरमा जोखिमपूर्ण यात्रा

सर्लाही, भदौ ७ गते । सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा ट्याक्टरमा राखेर खाद्यान्न ढुवानी गर्न थालिएको छ । अत्यावश्यक काम परेका स्थानीयसमेत खाद्यान्न बोकेको ट्याक्टरमै चढेर लालबन्दी बजारसम्म आउजाउ गर्न थालेका छन् । बर्खा लागेदेखि नारायणखोलामा बस सञ्चालन भएको छैन । सडक सञ्जालमा नजोडिएको सर्लाहीको साबिक नारायणखोला गाविस (हालको लालबन्दी नगरपालिका–१४, लखन्देही र डाइनीखोला भएर […]

जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

गोदावरी (कैलाली), भदौ ६ गते । चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् । कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुर्याउने र ल्याउने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल