‘मल्चिङ’ मा आकर्षण बढ्दो, प्लाष्टिक व्यवस्थापनको चुनौती

बनेपा, असोज २८ गते : पछिल्लो समय कृषि उत्पादन बढाउने उद्देश्यले कृषिमा  ‘मल्चिङ’ प्रविधि प्रयोग गर्ने कृषकहरुको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कृषकहरु मल्चिङ प्रविधितर्फ आकर्षित भए पनि मल्चिङमा प्रयोग गर्ने प्लाष्टिकको दीर्घकालिन व्यवस्थापनमा भने चुनौती देखिएको छ । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोक, स्थानीय तहले कृषकहरुलाई मल्चिङ प्रविधितर्फ आकर्षित गर्न अनुदानका कार्यक्रमहरु सञ्चालन गरे पनि […]

मुखका रोगबाट बच्ने उपाय

काठमाडौँ, असोज २८ गते:   मुखको सफाइलाई स्वास्थ्य जीवनका लागि महत्त्वपूर्ण मानिन्छ।  शरीरका सम्पूर्ण अङ्ग प्रत्यअङ्गलाई स्वास्थ्य वा अस्वास्थ्य बनाउन मुखले प्रत्यक्ष भूमिका खेलेको हुन्छ। त्यसैले मुख सधै स्वास्थ्य राख्ने बानी बसाल्नुपर्छ। बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ। बिहान र बेलुका […]

‘मन्त्री पदसँग मतदाताको पसिना जोडिएको छ, दुरुपयोग गर्दिन’

बैतडी, असोज २८ गते : संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफुले पाएको पदको सम्मान हुनेगरी काम गर्ने बताउनुभएको छ। बैतडीबाट निर्वाचित सांसद समेत रहनुभएका भण्डारीले आइतबार बैतडीको मेलौलीस्थित नेकपा (एमाले) ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । पदसँग नेता कार्यकर्ता र मतदाताको रगत, पसिना जोडिएकाले सबैको अभिभारा पूरा […]

चाडपर्व लक्षित बजार अनुगमन : तीन लाख बढीको सामान नष्ट

तनहुँ, असोज २७  गते :  बडादसैँलाई लक्षित गरी यहाँ गरिएको बजार अनुगमनका क्रममा रु तीन लाख बढीको सामान नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुँका प्रमुख ज्योति आचार्यले कार्य क्षेत्रका पाँच जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन गर्दा सो परिणाममा अखाद्य सामान नष्ट गरिएको जानकारी दिनुभयो । तनहुँ, लमजुङ, नवलपरासी, गोरखा र […]

अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सन्चालन

बनेपा, असोज २७ गते : सुख्खा पहिरोका कारण अवरुद्व भएको अरनिको राजमार्ग एकतर्फी सुचारु भएको छ । शनिवार राति आएको सुख्खा पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग आईतवार बिहान १० बजेबाट एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । सुख्खा पहिरोका कारण शनिवार राति ९ बजेदेखि अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८ स्थित ५० […]

महिनावारी हुने महिलालाई गोरस नदिने चलन कायमै

बाजुरा, असोज २७ गते : बाजुरामा महिनावारी भएका महिलालाई गोरस (दुध, दही र मही) नदिने चलन कायमै रहेको छ  ।यहाँका धामी झाँक्रीहरूले महिनावारी भएका बेला महिलालाई गोरस (दुध, दही मही) दियो भने गाई भैँसी नब्याउने तथा घरमा अनिष्ट हुने विश्वास दिलाउँदै गएपछि बाजुरा महिनावारी भएका महिलालाई गोरस नदिने चलन पनि कायमै रहेको छ । धामी झाँक्रीकै […]

मन्त्री यादवद्वारा भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण

वीरगञ्ज, असोज २७ गते : खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका –३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । असोज ११ र १२ गते परेको अविरल वर्षासँगैको बाढीले खोला तटीय क्षेत्रका टोल र खेतीयोग्य जमिनमा क्षति गरेकोमा आज उहाँले प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गर्नुभएको हो । भेडाहा खोलाको अनियन्त्रित बहावले विशेषगरी इस्लामपुर र […]

टीकाको दिन कैलालीमा १६ सवारी दुर्घटना

धनगढी, असोज २७ गते : दसैं टीकाको दिन कैलालीमा १६ स्थानमा सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मान्छेले मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी साधन चलाउँदा धेरै दुर्घटना भएका हुन् । सवारी दुर्घटनामा एक जनाको ज्यान गएको र कैयौं व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी […]

हेटौँडा-काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह

मकवानपुर,  असोज २७ गते :  हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पि बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवनराजपथ तथा कान्तिलोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताउनुभयो । कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना […]

दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

काठमाडौँ, असोज २७ गते : बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज  २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल