alliance khabar

मंगलबार, पुष ०२, २०८१

लुम्बिनी, पुस २ गते : गृहमन्त्री रमेश लेखकले सिमा अपराध, तस्करी पुर्ण रुपमा नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठिलाई मगंलवार भैरहवामा सम्वोधन गर्दै उहाँले सिमा अपराध, चोरी तस्करी नियन्त्रणमा कुनै बहाना बाजी स्विकार्य नहुने बताउनुभएको हो ।

गृहमन्त्री लेखकले अहिलेको  गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न बनेको दाबी गर्दै गठबन्धन २०८४ को चुनावसम्म कायम रहने बताउनुभयो ।

‘२०८४ को चुनावसम्म यही गठबन्धन रहन्छ कुनै तल–माथि हुन्न,’ गृहमन्त्री लेखकले भन्नुभयो । अहिलेको संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएकाले संविधानको रक्षा महत्वपूर्ण भएको उहाँको भनाइ छ । संविधानको रक्षा र कार्यान्वयनका लागि शान्ति सुरक्षाको सुनिश्चित हुनुपर्ने गृहमन्त्री लेखकले बताउनुभयो ।

गृहमन्त्री लेखकले लुम्बिनीमा लागूऔषध, वित्तीय अपराध,  आत्महत्या, सवारी दुर्घटना, साइबर क्राइम जस्ता अपराध रहेको औँल्याउनुभयो । समाजमा द्वन्द्व र अराजकता निम्ताउने गरी व्यक्तिको चरित्र हत्या र दुष्प्रचार भएको भन्दै गृहमन्त्रीले कानुनी शासनमा भीडले प्रभावित गर्ने प्रयास भएको बताउनुभयो ।

लुम्बिनी प्रदेश बुद्ध जन्मस्थलका कारण विश्वभरका धार्मिक पर्यटक आउने थलो र विश्व शान्तीको मुहान भएकाले यहाँको सुरक्षा व्यवस्था चुस्त र भरपर्दो हुनुपर्ने उहाँको भनाइ छ ।

यसअघि सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुसँग छलफल गरेर राय सुझाव लिएको समेत उहाँले जानकारी दिनुभयो । गोष्ठिमा लुम्बिनी प्रदेशका बाह्रै जिल्लाका प्रमुखजिल्ला अधीकारी, तिनवटै सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल