काठमाडौँ, कात्तिक २५ गते । नेपाली चलचित्रको अहिले जताततै चर्चा छ । विशेष गरेर दसैँतिहारलक्षित एकैसाथ एकभन्दा बढी चलचित्र प्रदर्शन भएपछि चलचित्रले चर्चा नबटुल्ने कुरै भएन । दसैँको छेकोमा प्रदर्शन भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ र दसैँमा प्रदर्शन भएका ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ व्यवसायिक रूपमा सफल भए । यी सफलताले राम्रो चलचित्र […]
काठमाडौँ, कात्तिक २५ गते । चाडपर्वलक्षित सहुलियत मूल्य पसलको कारोबार गत वर्षभन्दा यस वर्ष बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले गत वर्ष सञ्चालन गरेका चाडपर्वलक्षित सहुलियत मूल्य पसलबाट सात करोड बराबरको कारोबार भएको र यस वर्ष साढे सात करोड बराबरको कारोबार गरेको जनाएको छ । कर्पोरेसनले गत असोज ७ गतेदेखि कात्तिक २१ गतेसम्म सहुलियत मूल्य पसल सञ्चालन […]
काठमाडौँ, कात्तिक २५ गते । मारवाडी सेवा समिति अन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४ औँ गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ । धर्मशालाले आवश्यक पर्ने व्यक्तिलाई जुनसुकै बेला निःशुल्क कृत्रिम खुट्टा वितरण गर्दै आएको छ । चाडपर्वको बिदाका कारण यसबिचमा काम रोकिएको थियो । मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले २०५४/५५ सालबाट […]
काठमाडौँ, कात्तिक २५ गते । राष्ट्रिय परीक्षा बोर्डले ११ र १२ को विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीलाई मौका परीक्षा व्यवस्था गर्ने भएको छ । बोर्डको यो व्यवस्था अनुसार बोर्डबाट सम्बन्धन लिएर सञ्चालित शैक्षिक संस्थामा यसअघि अध्ययन गरेका तर परीक्षामा अनुत्तीर्ण वा अनुपस्थित भएका जतिसुकै […]
गैँडाकोट, कात्तिक २५ गते । नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुअघिको तलबभत्ता पाउने भएका छन् । १३ वर्षदेखि बन्द भृकुटी कागज कारखाना अहिले खण्डहरमा परिणत भइसकेको छ भने मेसिन काम नलाग्ने भइसकेका छन् । यहाँ कार्यरत मजदुरले कारखाना बन्द हुुनुअघिको तलबभत्ता पाएका थिएनन् । नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले उक्त तलबभत्ता […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, […]
काठमाडौँ, कात्तिक २४ गते । मर्मत तथा स्तरोन्नतिका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिँदा केही विदेशी विमान सेवाले भाडा बढाउने पहल गरेका छन् । विमानस्थल बन्द हुने जानकारी पहिले नै गराएका कारण त्यसो गर्न उचित नहुने बताइएको छ । विमानस्थल बन्द भएका कारण उत्पन्न समस्याबारे परराष्ट्र, श्रम र नागरिक उड्डयन तीन मन्त्रीसहितको […]
काठमाडौँ, कात्तिक २४ गते । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२४ को पछिल्लो तीन महिनामा भारतीय पर्यटकको आगमन सङ्ख्या निरन्तर घट्दै गएको छ तर अमेरिकी भने बढेका छन् । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “भारत नेपाली पर्यटनको प्रमुख स्रोत बजार हो । त्यस्तै दोस्रोमा रहेको चीनलाई अहिले अमेरिकी पर्यटकको सङ्ख्याले उछिनेको […]
काठमाडौँ, कात्तिक २४ गते । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । विमानस्थलका महाप्रबन्धक […]
काठमाडौँ, कात्तिक २४ गते । छठको समापनसँगै शुक्रबारदेखि सामाचकेवा पर्व सुरु भएको छ । नेपालको तराईमा मनाइने विभिन्न चाडपर्वमध्ये लोकप्रिय मानिने सामाचकेवा छठको समापनको दिन कार्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाइन्छ । छठ जस्तै यो पर्व पनि केही वर्षयता राजधानीमा समेत मनाउन थालिएको छ । दाजुभाइ र दिदीबहिनीबिचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्व दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य […]