alliance khabar

बिहिबार, पुष २५, २०८१

काठमाडौं, पुष २५ गते ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा सांसद रमा कोइरालाका पति ईश्वर शर्मा पौड्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्य जारी गरेर अधिवक्ता समेत रहनुभएका पौड्यालको निधनप्रति सभापति देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

सभापति देउबाले भन्नुभएको छ, ‘ईश्वर शर्मा पौड्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद रमा कोइरालाका पति ईश्वर शर्मा पौड्यालको पुस १७ गते भक्तपुरमा क्यान्सर रोगको उपचारका क्रममा निधन भएको थियो ।

विक्रम संवत् २००६ चैत २७ गते संखुवासभाको चैनपुरमा जन्मिनु भएका पौड्यालको निधनप्रति कांग्रेस केन्द्रीय कार्यालयले पनि गहिरो दुःख र शोक व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल