alliance khabar

शुक्रबार, पौष २६, २०८१

रुकुमपश्चिम, पुस २६ गते ।

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –२ को बाँदरपानी नजिकै जिप दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला सदरमुकाम मुसीकोट खलङगाबाट बाँदरपानीतर्फ जाँदै गरेको लु १ ज १७०९ नम्वरको जिप शुक्रबार बेलुका ७ बजे बाँदरपानी नजिकैको मोडमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा मुसीकोट नगरपालिका –९ बस्ने ३० वर्षीय जयप्रकाश खड्का, त्रिवेणी गाउँपालिका –२ बस्ने ३८ वर्षीया प्रभा पुन र रोल्पाको परिवर्तन गाउँपालिका –४ बस्ने १९ वर्षीया गीता ओली रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीनै जना घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ भने अवस्था सामान्य रहेको छ । तीनै जनालाई उपचारका लागि जिल्ला मुसीकोट ल्याइएको छ । जिप मोड्ने क्रममा ब्रेक फेल भएर सडकबाट करिब दुईसय मिटर तल खसेको प्रहरीको भनाइ छ । दुर्घटनाको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल