हेटौँडा, कात्तिक २७ गते : हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् । मधेस प्रदेश ०३–००२ ख ०३०० न.को पेट्रोल लोड गरिएको ट्याङ्करको पन्चट भएको टायर खोली बनाई हावा भर्ने क्रममा टायर पड्किन जाँदा टायर पसलका मिस्त्री÷साहू भारतको भोजपुर बस्ने महमद ऐजाजको मृत्यु […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ । धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । वृष (इ, उ, […]
डडेलधुरा, कात्तिक २६ गते : पूर्व मेचीदेखि सुदूरपश्चिमको कालीसम्म फैलिएको विशाल महाभारत पर्वत यस क्षेत्र वरपर बसोबास गर्ने स्थानीयको जीवनरेखा हो । दुई हजारदेखि दुई हजार सात सय मिटरभन्दा बढी उचाइसम्म भएकामध्ये पहाड महाभारतको भूबनोट, प्राकृतिक, जैविक र धार्मिक विविधता छ तर यो क्षेत्रको उचित सदुपयोग हुन नसकेकोमा यहाँ चिन्ता व्यक्त हुन थालेको छ । महाभारत पर्वतमा भएका […]
बुटवल, कात्तिक २६ गते : लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको मानवनिर्मित गैँडहवा तालको संरक्षण गर्न नवप्रवर्तन कार्यक्रम अन्तर्गत योजना अघि बढाएको छ । तालको विकासका लागि यो वर्ष एक करोड रुपियाँ प्रदेश सरकारले लगानी गर्ने र ५० लाख रुपियाँ गैडहवा गाउँपालिकाको सहयोगमा ताल क्षेत्रमै होमस्टे सञ्चालन गर्ने तथा पर्यटक आकर्षित गर्न तालमा डुङ्गा चलाउने योजना रहेको छ । […]
दोलखा, कात्तिक २६ गते : आगामी मङ्सिर १६ गते हुने गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदका लागि जिल्लामा क्रियाशील राजनीतिक दलले निर्वाचनकेन्द्रित प्रचारप्रसार थालेका छन् । आआफ्ना पार्टीले जित्ने दाबी गर्दै नौ वटै वडामा पुगेर मत माग्न थालेको दलले जनाएका छन् । ‘मेरो प्रतिज्ञा गौरीशङ्करको उन्नति’ मुख्य नाराका साथ नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएकी पूर्वउपाध्यक्ष स्व. श्यामसुन्दर तामाङकी धर्मपत्नी […]
सुर्खेत, कात्तिक २६ गते : बर्सेनि प्राविधिक कर्मचारीको अभाव झेलिरहेको कर्णाली प्रदेशले आफ्नै लगानीमा विद्यार्थीलाई प्राविधिक पढाउँदै छ । चिकित्सा, इन्जिनियरिङ, प्रविधि, भेटेरिनरी, कृषि, फार्मेसी र वन विषयमा गरी ६९ जनालाई कर्णाली प्रदेश सरकारले छात्रवृत्ति दिएर पढाइरहेको छ । पढाइ सकेर फर्किएपछि उनीहरूले कम्तीमा दुई वर्ष कर्णाली प्रदेशमा सेवा गर्नुपर्ने छ । कर्णाली प्रदेश सरकारले १० जना चिकित्सक […]
कावासोती, कात्तिक २६ गते : नवलपुरको पहाडी क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । राजमार्गदेखि उत्तरतर्फका पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण हुँदा यस क्षेत्रमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । राजमार्ग क्षेत्र गैँडाकोट नगरपालिकादेखि दुम्कीबाससम्मका बजार क्षेत्रबाट जिल्लाका पहाडी क्षेत्रमा जिप छुट्छन् । झन्डै डेढ/दुई घण्टाको फरकमा गाडी छुट्ने कारणले गर्दा यात्रुको चाप बढी […]
धम्बोझी, कात्तिक २६ गते : ब्रुसेलोसिस रोगले पुरुषहरूमा नपुंसकता बढाउने भएकोले यसका बारेमा सचेतना जगाउन आवश्यक रहेको सरोकारवालाहरूले बताउनु भएको छ । नेपालगन्जमा भएको अभिमुखीकरण कार्यक्रममा ब्रुसेलोसिस रोगले पछिल्लो समय कृषि क्षेत्रमा काम गर्ने प्राविधिकहरूलाई असर गर्ने उच्च सम्भावना रहेको बताइएको छ । पशुहरूबाट मानिसमा तथा मानिसबाट पशुमा सर्ने जुनोटिक रोगहरूका बारेमा सचेतना जगाउन नेपालगन्जमा भएको […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । काममा अवरोध आउन सक्छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, […]
तानसेन, कात्तिक २५ गते । रिब्दीकोटका किसानले छ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका विभिन्न वडाका किसानले यस वर्ष छ करोडभन्दा बढी मूल्यका अकबरे खुर्सानी बिक्री गरेका हुन् । अकबरे खुर्सानीबाट यहाँका प्रतिकिसान एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएका छन् । चार वर्षअघि रिब्दीकोटको पालुङ्मैनादी, भैरवस्थान, खस्यौली, देउरालीलगायतका स्थानमा व्यावसायिक अकबरे […]