काठमाडौं, मङ्सिर ३ :इटालियन ट्रेड युनियनहरूले सरकारको बजेट योजनालाई लिएर हड्ताल गरेको छ । हड्तालको समर्थनमा हजारौं मानिसहरूलाई सडकमा उत्रिएका थिए । उनीहरुले राष्ट्रिय श्रम युनियनहरू, कामदारहरूको कल्याणलाई खतरामा पार्नेगरी बजेट नल्याउन चेतावनी दिएका छन् । प्रदर्शनमा करिब ६० हजार मानिस सामेल भएको बताइएको छ । प्रहरी रिपोर्टमा ने ५० हजार उल्लेख छ । हड्ताल […]
बिर्तामोड, मंसिर ३ : झापाका सयभन्दा बढी युवाको रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै करोडौँ रुपियाँ ठगी गर्ने युवा सञ्जय सरदार शनिवार साँझ विराटनगबाट पक्राउ परेका छन् । झापा कनकाई नगरपालिका ३ सुरुङ्गा बजार र कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका एक सय बढी युवालाई राम्रो देशमा रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति १ लाखदेखि ३ लाखका दरले […]
कुस्मा पर्वत, मङ्सिर २ :पर्वतको विहादी गाउँपालिकामा ठेकेदारको चरम लापरबाहीका कारण अस्पताल निर्माणको कार्य अलपत्र बनेको छ । विहादी गाउँपालिकाको वडा २ स्थित उपल्लो बर्रा चौरमा निर्माणाधीन १५ शय्याको प्राथमिक अस्पताल भवन चार वर्षदेखि अलपत्र पारिएको छ । स्थानीयवासीले अस्पताल भवन निर्माणका लागि भनी ९ रोपनी ४ आना क्षेत्रफल बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका थिए […]
काठमाडौँ, मङ्सिर २ : सरकारले भिडियो प्लेटफर्र्म सामाजिक सञ्जाल टिकटकमा विकृति र अराजकता बढेपछि नेपालमा प्रतिबन्ध गरे पनि अवैध रूपमा यसको प्रयोग रोकिएको छैन । सरकारले गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको हो । तर अहिले डोमिन नेम सिस्टम (डिएनएस) र भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) का माध्यमबाट टिकटक सञ्चालन […]
अत्तरिया, मङ्सिर २ :धनगढी बजारमा भीषण आगलागी भएको छ । शुक्रवार राति १ बजेको समयमा धनगढी उपमहानगरपालिका वडा नं. १ मुख्य बजार सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो । आगलागीले अस्पतालसहित सात वटा पसलमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । सुरुमा अस्पताल नजिक दलबहादुर […]
काठमाडौं, मङ्सिर २ : पोल्याण्डको रेजेस्जो क्षेत्रका ट्रेड युनियनका किसानहरू पोल्याण्ड–युक्रेनी सीमामा पोल्याण्ड ट्रक व्यवसायीहरूले गरेको विरोधमा सामेल भएका छन् । रुस–युक्रेन द्वन्द्वमा विदेशी प्रतिस्पर्धीहरूलाई व्यापारघाटा भएको भन्दै एक हप्ताभन्दा बढी समयदेखि पोलिस ट्रकहरूले विरोध गरिरहेका छन् । प्रदर्शनकारीहरूले युक्रेनसँगको धेरै सीमा नाकाहरू अवरुद्ध गरेका छन् । उनीहरूले प्रतिघण्टा एक ट्रक कोर्चोवा र डोरोहस्कमा क्रसिङहरूमा […]
भैरहवा, मङ्सिर २ :बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु भएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो । रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउण्डेशन र रुसका बौद्धमार्गीहरूको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रुपियाँको लगानीमा निर्माण […]
काठमाडौं, मङ्सिर २ : काठमाडौँ महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिबार पण्डित निष्ठानन्दको सालिक परिसर नःबहिल, ओमबहालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । विश्व मधुमेह दिवस, २०२३ को अवसरमा आयोजित निःशुल्क शिविरको अवलोकनका लागि काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको उपस्थिति रहेको थियो । […]
काठमाडौं, मङ्सिर २ : दक्षिण अस्ट्रेलियामा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । दक्षिण अष्ट्रेलिया (एसए) को एक ग्रामीण भेगमा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । एसए प्रहरी आयुक्त ग्रान्ट स्टिभेन्सले ब्रेभेट सार्जेन्ट जेसन डोइग, ५३ को मृत्यु भएको पुष्टि गर्नुभयो । डोइगले एसएको […]
दमौली, मङ्सिर १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी अस्पतालको आज (शुक्रबार) यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानले परिकल्पना गरेको सबै अधिकार तल्लो तहसम्म पुर्याउँछौँ, अधिकार नपुग्दै सङ्घीयता असफल भयो […]