alliance khabar

सोमबार, माघ १४, २०८१

नेपालगन्ज, माघ १४ गते ।

थारु कल्याणकारिणी सभा (थाकस) बढैयाताल बर्दियाले आयोजना गर्ने थारु साँस्कृतिक कृषि, पर्यटन तथा माघ महोत्सव २०८१ को तयारी पूरा भएको छ ।

‘राष्ट्रिय एकता ओ बिबिधता हमार शान, थारु भाषा, साहित्य, कला, सँस्कृति बचैना हमार अभियान’ मूल नारासाथ पहिलो पटक आयोजना हुन लागेको महोत्सव माघ १५ गतेबाट सुरु गरिने र महोत्सवको सबै तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजक शंकरप्रसाद थारुले बताउनुभयो ।

संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले महोत्सवको उदघाटन गर्ने कार्यक्रम तय भएको जनाउँदै उहाँले थारु भाषा, साहित्य, कला, सँस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो ।

माघ २५ गतेसम्म चल्ने महोत्सवमा थारु भाषा, संस्कृति, संरक्षणका लागि झाँकी, थारु रैथाने परिकार र खानपिन सिन्की, चट्नी, ढिक्री, अनदी चामलको जाँड, अन्दीक बरिया, घोँघीका परिकार, गँगटा, मुसालगायतका परिकार, थारु जातीले बनाउने दारुको ब्राण्डिङमा सहयोग गर्नेखालका प्रदर्शनी गरिने जनाइएको छ ।

महोत्सवमा थारु जातिको जन्मदेखि मृत्युसम्मको संस्कार संस्कृति झल्किने थारु संग्रहालय प्रदर्शनी तथा अवलोकन गर्न सकिने थारु संग्रहालय व्यवस्थापन समितिका संयोजक बिमल चौधरीले बताउनुभयो ।

उहाँले महोत्सवमा थारु समुदायमा लोप भइरहेका थारु पौराणिक नाच, गीत प्रतियोगिता समेत आयोजना गरिएको बताउनुभयो । पौराणिक नाच, गीत प्रतियोगिताका लागि गाउँबाट झाँकी दर्ता भइरहेको झाँकी व्यस्थापन समितिका संयोजक कमलेस थारुले जनाउनुभयो ।

महोत्सवमा थारु समुदायको गोबरमा बीउ राख्ने, परालमा आलुको बीउ राख्ने परम्परागत तरिका, माटोभित्र बेसार, भन्टा सुुकाएर बीउ निकाल्ने परम्परागत बिधि, थारु आलुको बीउ पनि प्रदर्शनी गरिनेछ ।

पराम्परागत रुपमा आलु मुला, लौका, भान्टा, फर्सी, खुर्सानी, बेसार, गहँु बिउ भण्डारण गर्ने बिधिबारे प्रदर्शनीमार्पmत जानकारी गराइने मूल समितिका संयोजक थारुले बताउनुभयो । गाउँ गाउँबाट थारु बाल कलाकारहरु खोज्नका लागि थारु डान्स आइडल प्रतियोगिता पनि आयोजना गरिएको आयोजकको भनाइ छ ।

वर्दियाको प्रमुख चिनारीको रुपमा रहेको बढैयातालको प्रचार प्रसार गर्ने तथा प्राकृतिक बहुमुल्य जडीबुटी (गेजरा, सेल्की, भँसेर, कमालको फल (कलगट्टा) करमुवा सागको पहिचान गरी व्यावसायिक बनाउने उद्देश्य राखिएको छ ।

महोत्सवमा कला र संस्कृति झल्काउने हुर्दङ्वा नाच, मघौटा नाच, सखिया नाच, झर्रा नाच, बर्का नाच लगायत अन्य स्थानीय समुदायको कौरा, सोरठी लगायतका पौराणिक नाचको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल