ओखलढुङ्गा, मङ्सिर ५ :करदाता सेवा कार्यालय ओखलढुङ्गाले चार महिनाको अवधिमा छ करोड बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि कात्तिक सम्मको अवधिमा कार्यालयले छ करोड ६० लाख २४ हजार राजस्व सङ्कलन गरेको हो । आठ करोड २१ लाख ५२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिइएको भए पनि लक्ष्यको ८०.३७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको करदाता सेवा […]
१. बदाम खानाले शरीरमा शक्ति बढाउनुका साथै पाचन प्रक्रियालाई सन्तुलित बनाउन मद्दत गर्छ । बदाममा प्रशस्त मात्रा फाइबर हुन्छ जसले शरीरलाई फाइदा गर्छ । २. बदामको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्नुका साथै बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ । ३. यसको सेवनले दुब्ला, पातला ब्यक्तिहरुलाई तथा बच्चाहरुको तौल बढाउनमा मद्दत गर्छ । ४. बदाममा प्रशस्त […]
जाजरकोट नलगाड, मङ्सिर ४ : गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको हो । रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पुर्याए पनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले […]
काठमाडौँ, मङ्सिर ४ : सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।
रुकुम पश्चिम, मङ्सिर ४ : रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर १० खोला […]
काठमाडौँ, मङ्सिर ४ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँका […]
काठमाडौँ, मङ्सिर ४ : आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् । बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल […]
सुर्खेत मङ्सिर ३ : सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकाल्नुभएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित हुनुभएका रोकायको अमिनमा नाम निस्केको हो । सामाजिक सञ्जालमा सुदूरपश्चिम लोकसेवा आयोगमा नाम निस्केको भनिइए पनि वडाध्यक्ष रोकायको पालिकामा नाम निस्केको बताइएको छ […]
हेटौँडा, मङ्सिर २ धरान चतरा सडकखण्ड अन्तर्गत हेटौँडा –१७, बाबुचोकमा शुक्रबार साँझ स्कुटरले ठक्कर दिँदा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । साँझ साढे ६ बजेको समयमा ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले बाटो काट्दै गर्नुभएकी पैदलयात्री गोपिनी बिकलाई ठक्कर दिएको हो । स्कुटरको ठक्करबाट गम्भीर घाइते हुनुभएकी बिकको हेटौँडा अस्पतालमा […]
काठमाडौँ, मङ्सिर ३ : विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगव्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो […]