alliance khabar

शुक्रबार, माघ १८, २०८१

रुकुमपूर्व, माघ १८ गते । 

लामो समयदेखि पानी नपर्दा देशभरका किसानहरू मर्कामा परेका छन् । झन रुकुमपूर्व हिमाली जिल्ला भएकाले सिँचाइको सुविधा नहुँदा यस जिल्लाको हिउँदे बाली सुक्न थालेको छ । रुकुमपूर्वमा सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमा कृषकले खेतीपाती गर्दै आएका छन् । लामो समयदेखि वर्षा नहुँदा किसानले लगाएका हिउँदे बाली सुक्न थालेको छ ।

रुकुमपूर्वमा हिउँदे बालीको रूपमा गहुँ, जौ र विभिन्न तरकारी लगाइन्छ । हाल यी बाली वर्षा र हिउँ नहुँदा बारीमै सुक्न थालेपछि कृषक चिन्तित बनेका छन् । तत्कालै पानी तथा हिउँ नपरे हिउँदे बाली पूरै सुकेर जाने भन्दै सिस्ने गाउँपालिका–२ कृषक जितप्रसाद घर्तीले चिन्ता व्यक्त गर्नुभयो ।

विगतका वर्षहरूमा समय समयमा पानी तथा हिउँ पर्ने गरेको उहाँले बताउनुभयो । तर बितेको चार÷पाँच वर्षदेखि यता समयमा वर्षा नहुँदा उब्जनीमा ह्रस आइरहेको घर्तीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “विगतका वर्षहरूमा हरेक हिउँदमा अत्यधिक हिउँ पर्ने गरेको थियो र उब्जनी धेरै हुन्थ्यो । तर पछिल्लो वर्षहरूमा हिउँ सारै कम परिरहेकोले उब्जनीमा कमी आइरहेको छ ।”

बालीनालीसँगै वनमा समेत विस्तारै बोटबिरुवा पनि सुक्दै गइरहेको भूमे गाउँपालिका–३ का भक्त कामीले बताउनुभयो । समयमै हिउँदे वर्षा र हिउँ नपर्दा बालीनाली सुक्दै गइरहेकाले पछि भोकमरी हुने सम्भावना बढी रहेको कामीको भनाइ रहेको छ । कृषि बाहेक अरु केही व्यवसाय नभएका कृषक पानी नपरेपछि भाकमरी हुने हो की भनी चिन्तित बनेका छन् ।

हिउँ र पानी नपर्दा हिउँदे बाली मात्र नभएर बर्खे बाली नगाउन समेत असर हुने गरेको कृषकले बताएका छन् । पुथाउत्तरगङ्गा गाउँपालिका–९ का अञ्चल परियारले पानी र हिउँ नपर्दा बालीनाली मात्र नभई पशुचौपाय पालनमा समेत गाह्रो भइरहेको बताउनुभयो ।

सिँचाइको सुविधा नहुँदा हिउँदे बालीमा असर भइरहेको सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष रजबहादुर बुढाले बताउनुभयो । सिँचाइ योजनाका लागि वडा र पालिकाको बजेटले नधान्ने भएकाले प्रदेश र सङ्घीय सरकार समक्ष पहल भइरहेको वडाध्यक्ष बुढाको भनाइ रहेको छ ।

समयमै वर्षा नहुँदा बालीनालीलाई मात्र नभइ पशुचौपाय र मान्छेलाई समेत असर पारिरहेको जलस्रोत तथा सिँचाइ विकास सवडिभिजन कार्यालय रुकुमपूर्वका प्रमुख मदनप्रसाद शाहले बताउनुभयो । कार्यालयबाट सबै खेतीयोग्य जमिनमा सिँचाइको पहुँच पु¥याउने गरी योजना कार्यन्वयन भइरहेको प्रमुख शाहले जानकारी दिनुभयो ।

एक लाख १३ हजार पाँच सय २३ हेक्टर क्षेत्रफल जिल्लाको जमिन रहेको छ । जसमा २० हजार दुई सय ५६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ भने १९ हजार एक सय ७५ हेक्टर क्षेत्रफलको जमिन सिँचाइ गर्ने योग्य जमिन रहेको शाहले बताउनुभयो । खेतीयोग्य जमिनमध्ये हालसम्म आठ हजार चार सय ४२ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको छ भने बाँकी खेतीयोग्य जमिनमा क्रमशः सिँचाइका योजना निर्माण कार्य भइरहेको प्रमुख शाहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल