जलवायु परिवर्तनले कृषि क्षेत्रमा ठुलो असर

काठमाडौँ, मंसिर १९ गते : जलवायु परिवर्तनले कृषिमा ठुलो असर गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभाग र पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अध्ययनबारे जानकारी गराइएको हो । नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको असर, अनुकूलनका चुनौती र उपायहरू तथा नीतिगत सवाल नामक अनुसन्धान परियोजनाका प्रमुख प्रा.डा. […]

एक महिनाका लागि पूर्वराजा नेपालगन्जमा

बाँके, मङ्सिर १९ गते : पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित केही दिनदेखि नेपालगन्जमा रहनुभएको छ । सोमबार राति नेपालगन्ज पुग्नुभएका पूर्व राजा ज्ञानेन्द्रसहित पूर्व राजपरिवारका सदस्यहरू करिब एक महिनासम्म यहाँ बस्नुहुने राप्रपा नेपालका सह–महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो । पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल शाह, छोरी प्रेरणा शाह र भतिजी सिताष्मा शाह, भाइ स्व. धीरेन्द्र शाहकी […]

डेङ्गी सङ्क्रमण घट्दो क्रममा

चितवन, मङ्सिर १९ गते:  जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ। यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेङ्गीको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेङ्गी सङ्क्रमण तीव्र फैलिएको समयमा दैनिक ३० जनामा सङ्क्रमण पुष्टि हुने गरेकामा कात्तिकको अन्तिम सातादेखि यो सङ्ख्या घट्दै गएको हो। उहाँले भन्नुभयो, […]

नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छ : मन्त्री पौडेल

काठमाडौँ, मङ्सिर १९ गते : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी माघ २२ गतेदेखि दुई सातासम्म […]

मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ : प्रचण्ड

काठमाडौं, मङ्सिर १९ गते:  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ। गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। जनयुद्धको उत्कर्षमा पार्टीले गरेको विश्लेषण सुनाउदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘उतिबेला हामीले भनेका थियौं, अब देश गणतन्त्रमा त जान्छ जान्छ […]

नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छः प्रधानमन्त्री ओली

बेइजिङ, मङ्सिर  १९  गते:  चीनको औचापरिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी)को आयोजना तथा चीनस्थित नेपाली दूतावासको समन्वयमा आयोजित कार्यक्रममा उहाँले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरिसकेकाले लगानीको वातावरण बन्दै […]

पर्वतमा खानेपानी विस्तारका लागि एक सय नौ योजना

पर्वत, मङ्सिर १८ गते ।  नागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतमा चालु आर्थिक वर्षमा एक सय नौ वटा योजना सञ्चालन हुने भएका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा सङ्घीय र गण्डकी प्रदेश सरकारका गरी एक सय नौ योजना सञ्चालन हुने भएका हुन् । सङ्घीय सरकारअन्तर्गत ३४ र गण्डकी प्रदेशअन्तर्गत ७५ वटा […]

आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ, मङ्सिर १८ गते ।  अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ । नेपालमा पनि ‘समावेशी तथा दिगो […]

अपाङ्गताका आधारमा गरिने विभेदलाई निषेध गर्नुपर्ने : राष्ट्रपति

काठमाडौँ, मङ्सिर १८ गते  । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका नागरिकले पहिचानसहित मर्यादित र आत्मसम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्ने बताउनुभएको छ । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्नुपर्नेसमेत बताउनुभयो । अपाङ्गता भएका नागरिकलाई पनि अन्य नागरिक सरह राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनु संविधानको मर्म […]

स्थानीय तह उपनिर्वाचनः सबै नतिजा (विवरण सहित)

काठमाडौँ, मङ्सिर १८ गते । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो । कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल