प्रधानमन्त्री कार्कीले दसैँको टीका नलगाउने

काठमाडौँ, असोज १५ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको दसैँमा यसवर्ष टीका नलगाउने बताउनुभएको छ । दसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण भएको भन्दै उहाँले टीका नलगाउने बताउनुभएको हो । उहाँले मृतक र धेरै घाइतेको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम […]

मार्फा घम्नु जाने पर्यटकलाई स्याउ टिप्ने, खाने मेला

मुक्तिनाथ (मुस्ताङ), असोज १५ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ बारीमा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पशुपति ढकाल करिब एक घण्टा स्याउ बारीमा रमाउनुभयो । विदाको मौका छोपी मुस्ताङ पुग्नुभएका ढकालसँगै गएका पाँचजनाले केन्द्रलाई २ सय रुपियाँ राजस्व बुझाएर स्याउ बारीमा भिडियो, फोटो खिच्ने र आफुँले अघाउन्जेल स्याउ खाएर […]

थारू समुदायमा ‘गँवल्या टीका’

दाङ, असोज १५ गते । थारू समुदायले आज नवमीको दिन गँवल्या टीका लगाएका छन् । परम्परादेखि चल्दै आएको संस्कार अनुसार दसैँमा थारू समुदायले नवमीका दिन गाउँमा गँवल्या टीका लगाउने गर्दछन् । यसैबीच दंगीशरण ३ हेकुली गाउँका मटाँवा नारायण चौधरीले गाउँका जेष्ठ नागरिक एवं गुर्वा ८६ वर्षीया खुशीराम चौधरीसँग टीका लगाएर गाउँका गर्ढुर्याहरूलाई गँवल्या टीका लगाईदिनुभएको […]

१७ गतेदेखि भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ, असोज १५ गते । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन आग्रह गरेको छ । विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारीगरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने […]

देवी दुर्गाको स्वरूप कुमारी कन्याको पूजा

राजविराज, असोज १५ गते ।  दशैँको महानवमीका दिन बुधबार कुमारी कन्याहरुलाई देवी दुर्गाको स्वरूप मानेर विशेष रूपमा पूजा गरिएको छ । घरमा सुख–शान्ति, समृद्धि र शक्तिको वास हुने विश्वासका साथ “कन्यामा मानेर कन्या पूजा गरिएको हो । ब्रतिहरुले छरछिमेकमा भएका दुई देखि नौ वर्ष उमेर समूह अर्थात् महिनावारी नभएका कन्याहरुलाई देवी दुर्गाको स्वरूप मानेर पूजा […]

सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु

सर्लाही, असोज १५ गते ।  सर्लाहीको हरिपूर्वामा बुधबार बिहान माटोको ढिस्को (धश्ना) मा पुरिएर चार जनाको मृत्यु भएको छ । सर्लाही र महोत्तरीको सीमा भएर बग्ने हरिपूर्वा नगरपालिका –१, स्थित हर्दीखोलामा माटो लिन गएका तीन जना बालबालिका र एकजना वृद्धको घटनास्थलमै मृत्यु भएको हो । मृतक सबै महोत्तरीको सोनमा गाउँपालिका –६, मगरथानाका रहेका छन् । […]

दसैँमा बर्सेनि महँगो भाडाको मारमा हवाई यात्रु

काठमाडौँ, असोज १४ गते । दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दसैँको बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरुको जवाफ हुन्छ । एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि यस्तो बेलामा यात्रुले […]

बुद्धिचाल महासङ्घ नेतृत्वविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौँ, असोज १२ गते।  नेपाल बुद्धिचाल महासङ्घविरुद्ध अविश्वास प्रस्तावमा ३६ जनाले हस्ताक्षर गरेका छन्। बुद्धिचाल महासङ्घको साधारण सभामा ११८ जना सदस्य छन्। सङ्घ नेतृत्वले मनोमानी गरेको ,फिडेमा प्रतियोगिता सम्बन्धी गलत रिपोर्ट पठाएको, नियमित बैठक नराखी मनोमानी निर्णय गरेको, खेलाडी छनोटमा अनियमितता गरेको तथा फिडे लगायतबाट प्राप्त रकममा अनियमितता गरेको आरोप छ। सन् २०२४ मा हंगेरीमा […]

सरुमारानीबाट दशैंमा ४० लाखको खसीबोका बिक्री

बिजुवार, असोज १२ गते । प्युठानको सरुमारानी गाउँपालिकाबाट यस वर्षको बडादशैंलक्षित करिब ४० लाख रुपियाँ बराबरको खसी–बोका बिक्री गरेका छन् । गाउँपालिकाको सहजीकरण र हेफर साझेदारी परियोजनाको समन्वयमा असोज ५ देखि १२ गतेसम्म तीनवटा महिला सहकारीमार्फत २५८ वटा खसीबोका संकलन गरिएको हो । सरुमारानी –६ को सरुमारानी सामाजिक उद्यमी महिला सहकारी, सरुमारानी –३ को शान्तिकुञ्ज […]

सामूहिक नेतृत्वमा जानुपर्ने जेनजी प्रतिनिधिहरुको माग

काठमाडौँ, असोज १२ गते ।  युवापुस्ता (जेनजी) समूहका प्रतिनिधिहरुले नेतृत्वको परिभाषा परिवर्तन गरी व्यावहारिक परिवर्तनमा जोड दिनुपर्ने बताएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मुख्य नेतृत्व को हो भनेर बारम्बार प्रश्न उठेका बेला उनीहरुले देशमा अब सामूहिक नेतृत्वमा जानुपर्ने बताएका हुन् । आइतबार ३९ जिल्लाका प्रतिनिधिसहितको १२ वटा जेनजी समूहले राजधानीमा पत्रकार सम्मेलन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल