सक्रिय हुँदै मनसुन : असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ, असार १४ गते ।  मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै उक्त पूर्वानुमान गरेको हो। महाशाखाका अनुसार मधेस, कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका […]

‘१८ वर्ष पूरा भएकालाई मात्रै क्रियाशील सदस्यता’

ललितपुर, असार १४ गते । नेपाली कांग्रेसले १८ वर्ष पूरा भएका नागरिकले मात्रै पार्टीको क्रियाशील सदस्यता लिन सक्ने अवसर र जिम्मेवारी प्राप्त गर्न सक्ने प्रस्ट पारेको छ । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बाल अधिकार उपसमितिले अपिल जारी गर्दै सिद्धान्त र नीतिप्रति प्रतिबद्ध नागरिक कांग्रेसको क्रियाशील सदस्य बन्न पाउने र उमेर १८ वर्ष […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, असार १४ गते ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु […]

कोशीमा भारी वर्षा, देशभर मनसुन फैलिँदै

काठमाडौँ, असार १४ गते ।  हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही  तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर […]

न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

काठमाडौँ, असार १२ गते । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले प्रचलित श्रम ऐन तथा नियमावली पालना नगर्ने निजी अस्पताल, बैङ्क तथा वित्तीय संस्था/प्रतिष्ठानलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । विभागले विभिन्न निजी अस्पताल, बैङ्क तथा वित्तीय संस्थामा गरिएको अनुगमनका क्रममा श्रम कानुनको गम्भीर उल्लङ्घन पाइएको भन्दै बिहीबार उक्त चेतावनी दिएको हो […]

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी,  असार १२  गते ।  म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण गरेको छ । बहत्तर जना किसान, फार्म र समूहलाई ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो । कृषिकार्यको लागत घटाउन, किसानको सहजता र समयको बचतका लागि यान्त्रिक हलो वितरण गरिएको मालिका गाउँपालिकाका कृषि विकास अधिकृत सुस्मिता सुवेदीले बताउनुभयो । “वडा […]

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौँ,  असार  १२ गते । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै छ । राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा एक प्रस्ताव पारित गरी हरेक वर्ष जुन २६ मा यो दिवस मनाउन प्रारम्भ भएको हो । लागुऔषध दुरुपयोगमुक्त […]

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ, असार १२  गते । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३०,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२३ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १६० […]

मनसुन कमजोर, तराईमा तातो हावा चल्ने

काठमाडौँ, असार १२ गते । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको  छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने […]

रास्वपाको आन्तरिक निर्वाचन सुरु, विद्युतीय मतदान प्रयोग

नारायणगढ, असार ११ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ नेतृत्व चयनका लागि आन्तरिक निर्वाचन सुरु गरेको छ। निर्वाचनलाई प्रविधिमैत्री बनाउँदै पार्टीले विद्युतीय मतदान प्रणाली प्रयोग गरेको हो। ९९ जना केन्द्रीय समिति सदस्य चयनका लागि भइरहेको निर्वाचनमा राम–लक्ष्मण इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ। राति ढिलो सुरु भएको मतदानमा समाचार तयार पार्दासम्म एक हजार दुई […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ